ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादी संस्कृतिको दिशाबोध गर्नुपर्छ- प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं १ बैशाख ।   प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताउनुभएको छ।

शनिबार दिउँसो सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर ले काठमाडौँमा आयोजना गरेको शुभारम्भ सांस्कृतिक साँझ २०८१ मा संक्षिप्त मन्तव्य राख्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। No description available.

सम्बोधनमा प्रधानमन्त्रीले भन्नुभयो, “नेपाली जनताको त्याग र बलिदानको संविधानले समाजवादउन्मुख राज्य निर्माणको सङकल्प गरेको छ। तसर्थ, समाजवादको आधार तयार पार्नका निम्ति सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त हो। त्यसका निम्ति समाजवादी संस्कृति निर्माणका पक्षमा सम्पूर्ण वामपन्थी, देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नुपर्दछ।”

सो अवसरमा प्रधानमन्त्रीले संस्थानद्वारा आयोजित सांस्कृतिक साँझले छुट्टै उर्जा र प्रेरणा दिएको बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यस कार्यक्रममा प्रस्तुत भएका प्रस्तुतिहरूले मलाई छुट्टै उर्जा र प्रेरणा प्रदान भएको छ, कार्यक्रममा विभिन्न भाषाभाषी, सांस्कृतिक विविधता, प्रदेशगत सांस्कृतिक प्रस्तुति, देशभक्तिपूर्ण भावनाले ओतप्रोत प्रस्तुतिले देशको राष्ट्रिय एकता र सांस्कृतिक विविधताको आत्मसातीकरण र प्रवर्धनमा महत्वपूर्ण प्रेरणा प्रदान गरेको मैले ठानेको छु।”

सो अवसरमा प्रधानमन्त्रीले नयाँ वर्ष २०८१ सम्पूर्ण नेपालीका निम्ति उर्जा र आत्मविश्वासको वर्ष हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्नुभयो। No description available.No description available.

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com