ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापार गरिरहेका निजी अस्पताललाई सरकारले नियन्त्रणमा लिनुपर्छ


एबीसी न्यूज

काठमाडौं ३० चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

शुक्रबार राष्ट्रिय सभामा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धी’ सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै उहाँले स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि गम्भीर नभई उपचारको नाममा व्यापार गरिरहेको निजी अस्पताललाई नियन्त्रणमा ल्याउने दायित्व सरकारको भएको बताउनुभएको हो ।

‘‘हामी स्वास्थ्य बिमा गर्छौं । हस्पिटलमा गयो कहिले तीन महिनापछि आउनुस् भन्छ, कहिले छ महिना पछि । बिरामी आत्तिएर एक, डेढ महिनामा सकिन्छ । मान्छेको बाँच्न पाउने अधिकार नै भएन । स्वास्थ्य अवस्था कहाली लाग्दो छ । हाम्रो सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै प्रादेशिक अस्पताल छ । सेती हस्पिटल । त्यसले धान्नै सक्दैन । अनि हामी गछौ के भने कुरा जनताका गर्छौं, काम आफ्नो गर्छौं ।,’’ सांसद भट्टले भन्नुभयो, ‘‘आज दशरथ चन्द विश्वविद्यालय गेटा श्रेय यो सरकारले ल्याओस् । तर सुदूरपश्चिममा उपचार नपाएर हाम्रो छिमेकी राष्ट्रको कुनाकुना दौडेर महँगो उपचारको गएर ज्यान त्यागेर आउने अवस्था छ । मान्छेले मृत्युवरण गर्ने अवस्था हुन्छ । भ्यान्टिलेटरमा राखेर त्यहाँका मानिसहरुसँग पैसा असुल गरिन्छ ।’’

उहाँले नागरिकको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्छ भन्ने तर त्यस अनुसारको काम नगरेको भन्दै सरकारको आलोचना पनि गर्नुभयो । सांसद भट्टले सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै प्रादेशिक अस्पतालले भन्न नसक्ने भन्दै तत्काल दशरथ चन्द मेडिकल कलेज सञ्चालनमा ल्याउन पनि सरकारलाई दवाव दिनुभयो ।

‘‘यस्तो कहाली लाग्दो अवस्था छ । हामीले कुरा त बडा आदर्शवादी गर्दछौं । जनताकै पक्षमा गर्छौं । तर जनताको पक्षमा कति काम गरेको छौं, कति चिन्ता गरेका छौं रु र, जनहितको कति कार्य गरेको छौं रु त्यो कार्यान्वयनको आवश्यकता छ । त्यसकारण विनम्रताका साथ अनुरोध छ–एउटा गरिव मान्छेले मृत्युवरण गर्नुपर्ने प्राईभेट हष्पिटलमा गयो, नर्मल ज्वरो आएको छ भने पनि दुनियाभर चेक गरेर १० हजारभन्दा कममा डाक्टरले हात नै लगाउँदैन ।,’’ सांसद भट्टले भन्नुभयो, ‘‘सरकारी हस्पिटलमा गयो, बेड खाली हुँदैन । मान्छेले क्युमा बस्नुपर्ने हुन्छ । त्यसकारण यी संवेदनशील कुराहरुलाई हामीहरुले उपचारको नाममा व्यापार भईरहेका छ भने त्यसलाई नियन्त्रण गर्नु राज्यको दायित्व हो । जनताको बाँच्न पाउने अधिकार मौलिक हक भित्र रहेको हुनाले त्यसको संरक्षण गर्नु सबै तपाईहाम्रो दायित्व हो भन्ने मलाई लाग्दछ । सरकारको को छ, प्रधानमन्त्री को छ भन्ने कुरालाई ख्याल नगरी जनताले बाँच्न पाउनु पर्छ ।’’

सांसद भट्टले अकालमा नागरिकको ज्यान जाने अवस्था आउन नदिनका लागि स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com