ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा बस दुर्घटना, नौ घाइते


एबीसी न्यूज

काठमाडौं २९ चैत । पोखरामा बिहीबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा नौ जना घाइते भएका छन्। काठमाडौंबाट म्याग्दी जाँदै गरेको ग २ ख १६३० नम्बरको बस पोखरा महानगरपालिका वडा नम्बर २५ सुइँखेतमा दुर्घटना भएको थियो।

घाइतेमध्ये छ जना उपचारपछि घर फर्किइसकेका छन् भने तीन जनाको उपचार भइरहेको छ। सूईखेतमा बस बिहान पौने ३ बजेतिर अनियन्त्रित भएर सडकमै पल्टिएको थियो। घाइते सात वर्षीय बालक निश्चल फगामीको दाहिने हाँत भाच्चिएको छ। उहाँको गण्डकी मेडिकल कलेज९जिएमसी०मा उपचार भइरहेको छ।

७२ वर्षीय घाइते नरबहादुर पुनको टाउकोमा गहिरो चोट लागेकाले जिएमसीको न्युरो बार्डमा उपचार भइरहेको छ। अर्का एक घाइतेको अवस्था सामान्य छ। घाइते हुनेमा बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ३ की २५ वर्षीया रीता घर्ती, मालिका गाउँपालिका वडा नम्बर ५ का ३० वर्षीय भीमकुमार बुढा, सोही ठाउँका ६ वर्षीय निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी र ४६ वर्षीया सुमित्रा फगामी हुनुहुन्छ।

तमानखोला वडा नम्बर ३ कै ६५ वर्षीया कृष्णकुमारी पुन पनि घाइते हुनुहुन्छ। वेनीमा उपचार, टेकबहादुर कार्की ६१ वर्ष बेनी ७, मंगलघाटका टेकबहादुर कार्की दुर्घटनामा घाइते भएपछि अर्को गाडीमा गएर बेनीमा उपचाररत रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो।

बसका चालक बेनी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय राजकुमार गैरेलाई प्रहरीले नियन्त्रणमा लिएको अनुसन्धान गरिरहेको छ। प्रहरी नायब उपरीक्षक शर्माले बसका सहचालक २५ वर्षीय विनोद दर्जी पनि पश्चिम क्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि प्रहरीको नियन्त्रणमा हुनुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com