ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिट्टै वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याइने


एबीसी न्यूज

काठमाडौं २९ चैत । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा वनस्पति विभागको ६७ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री सुडीले वनस्पति विभागले गरिराखेका कामहरू थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । तत्काल वनस्पति ऐन आवश्यक रहेको र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रस्तावित वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउनु रहेको जानकारी दिनुभयो । उहाँले जडीबुटी र सुगन्धित तेलको व्यापार प्रवर्द्धनमा निरन्तरता दिनुपर्ने बताउनु भयो ।

‘‘राष्ट्रको अमूल्य सम्पदाको रुमपा रहेको वनस्पतिको योगदान हाम्रो दैनिक जीवनयापनदेखि राष्ट्रिय अर्थतन्त्र विकासमा महत्त्वपूर्ण रहँदै आएको छ । विशेष गरी स्थानीय वनस्पतिहरूको स्थानीय समुन्नति रोजगारी सिर्जनामा पनि उत्तिकै योगदान रहेको छ । मानवीय कारण वा जलवायु परिवर्तन वा अन्य विभिन्न कारणले गर्दा दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पतिहरू दिनप्रतिदिन सङ्कटमा परिरहेका छन् ।,’’ मन्त्री सुडीले भन्नुभयो, ‘‘यस्ता बहुउपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवर्द्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौती छन् । नेपाललाई विश्वमा चिनाउने सबै वनस्पति भागहरूलाई समयभित्रै प्रकाशन गर्न आवश्यक श्रोत, साधन र बजेटको व्यवस्था गरी प्रभावकारी ढङ्गले अघि बढाउन आवश्यक छ ।’’

मन्त्री सुडीले मानवीय वा जलवायु परिवर्तनका कारण दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पतिहरू दिनप्रतिदिन सङ्कटमा परिरहेको भनाइ राख्नुभयो । उहाँले बहुउपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवर्द्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौती रहेको बताउनु भयो । उहाँले राष्ट्रिय वनस्पति उद्यान लगायत देशका विभिन्न हावा, पानी र भौगोलिक क्षेत्रमा रहेका अन्य वनस्पति उद्यानहरूलाई समेत समय सापेक्ष रूपमा विकास गरी पर्यापर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय वनस्पति उद्यान लगायत देशका विभिन्न हावा, पानी र भौगोलिक क्षेत्रमा रहेका अन्य वनस्पति उद्यानहरूलाई समेत समय सापेक्ष रूपमा विकास गरी पर्यापर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक छ । जडीबुटी खेतीमार्फत स्थानीयको आयमा टेवा दिने काममा लाग्नुपर्छ । जडीबुटी र सुगन्धित तेलको व्यापार प्रवर्द्धनमा निरन्तरता दिनुपर्छ । वनस्पति विभागले गरिराखेका कामहरू थप प्रभावकारी बनाउन र आम जनसमुदायसम्म पुर्‍याउन तत्काल वनस्पति ऐन आवश्यक रहेको र मेरो र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रस्तावित वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउन रहेको छ ।’’

मन्त्री सुडीले वनस्पति विविधताको अध्ययन, अनुसन्धानबाट प्राप्त नतिजालाई जनस्तरसम्म पुर्‍याइ स्थानीयको जीवनस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com