ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभाको उपाध्यक्षमा गठबन्धनकी विमला घिमिरे विजयी


एबीसी न्यूज

काठमाडौं २८ चैत । फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनकी साझा उम्मेदवार घिमिरेले नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराएकी हुन्।

राष्ट्रिय सभाको उपाध्यक्षका लागि भएको मतदानका क्रममा उपस्थित ५५ जनामध्ये ३९ जनाले घिमिरेको पक्षमा मतदान गरे।  त्यस्तै उनको विपक्षमा नेपाली कांग्रेससहित १६ सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

पुडासैनीको प्रस्तावमा मतदानका क्रममा ५५ जना राष्ट्रिय सभा सदस्य उपस्थित थिए। यस्तोमा पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको छ।

राष्ट्रिय सभाको अध्यक्षमा यसअघि फागुन २९ गते नेकपा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भइसकेका छन्।

सत्तारूढ पाँच दलका शीर्ष नेताको सहमतिअनुसार घिमिरेलाई एमालेले उम्मेदवार बनाएको थियो।

यस पदमा नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेको थियो। तर समाजवादी र जनता समाजवादी दुवैले एमाले उम्मेदवारलाई नै साथ दिए।

घिमिरेको पक्षमा माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ सहित ३९ सांसदले मतदान गरेका छन्।

घिमिरे एमाले केन्द्रीय कमिटी सदस्यसमेत हुन्। घिमिरेले राष्ट्रिय सभामा कपिलवस्तुबाट प्रतिनिधित्व गर्छिन्। उनी २०७६ माघ ९ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा तत्कालीन प्रदेश ५ बाट विजयी भएकी थिइन्।

उनले त्यसबेला नेकपाको तर्फबाट ८ हजार तीन सय ३८ मत ल्याएकी थिइन्। उनीसँग भिडेकी नेपाली कांग्रेसकी उम्मेदवार गिरिजादेवी न्यौपानेले ३२८८ मत ल्याएकी थिइन्।

यसअघिकी उपाध्यक्ष उर्मिला अर्यालले गत चैत १६ गते राजीनामा दिएपछि रिक्त उक्त पदका लागि बुधबार निर्वाचन भएको हो।

राष्ट्रिय सभा उपाध्यक्षमा विजयी विमला घिमिरे २०७८ सालमा नेकपा एमाले कपिलवस्तुको इन्चार्ज पनि बनेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com