ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीका मेयर थापाविरुद्ध ५ करोड ३३ लाखको भ्रष्टाचार मुद्दा


एबीसी न्यूज

काठमाडौं २८ चैत । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा भ्रष्टाचार मुद्दामा तानिएका छन्।  मेयर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति जम्मा गरेको आरोपमा ५ करोड ३३ लाख ५३ हजार १८९ बिगो कायम गरी बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

थापा २०७९ साल वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

 

२०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधिसम्म उनले स्रोत खुल्ने ७ करोड ८६ लाख ५० हजार २ सय १ रूपैयाँ जम्मा गरेको देखिएको अख्तियारले जनाएको छ।

अख्तियारले उक्त कार्यकालका क्रममा थापाले १३ करोड २० लाख ३ हजार ३ सय ९१ रूपैयाँ खर्च देखिएको जनाएको छ। यस्तोमा उनको वैध आम्दानी र खर्च मेल नखाएको निष्कर्षसहित थापाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको हो।

जम्मा आम्दानी तथा लगानी र खर्चबीच तादाम्यता नमिलेको निष्कर्ष अख्तियारको छ। थापाले ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध बाटोमा कमाएको पनि अख्तियारको अनुसन्धानबाट देखिएको छ।

अख्तियारले थापाविरुद्ध ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ बराबरकै बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ।

थापाले सार्वजनिक पदमा रहँदा अवैध रुपमा कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारिका राउतको नाममा राखेको अख्तियारले जनाएको छ। उक्त अवैध सम्पत्ति जफतका लागि उनीहरू तीनैजनालाई पनि प्रतिवादी बनाएर मुद्दा चलाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरले बताएका छन्।

मेयर थापाले बागमती नदी किनारमा भरत ताल बनाएर चर्चा कमाएका थिए। उक्त तालको नाम पनि उनले आफ्नै नाममा राखेका थिए। अहिले उक्त कृत्रिम तालमा बिदा मनाउन र घुम्न जानेको भिड लाग्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com