ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दमकमा आगलागी- लाइफलाइन अस्पतालको डाइलोसिस उपकरण जलेर नष्ट


एबीसी न्यूज

काठमाडौं २८ चैत । झापाको दमकस्थित लाइफलाइन अस्पतालसँग जोडिएको एक होटलबाट सुरु भएको भीषण आगलागीबाट लाइफलाइन अस्पतालको डाइलोसिस सेवामा ठुलो क्षति पुगेको छ । डाइलोसिस सेवा दिइरहेको भवन तथा त्यहाँ भित्र रहेका स्वास्थ्य उपकरणहरु प्रयोग गर्न नसक्ने गरी क्षति भएको अस्पतालले जनाएको छ ।

मङ्गलबार बेलुकी ७ बजेतिर सुरु भएको आगोलागीबाट लाइफलाइन अस्पतालमा डेढ करोडसहित अढाइ करोडभन्दा बढि क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । तीन वटा होटल तथा घरहरु समेथ पूर्णरुपमा जलेर नष्ट बनेका छन् । करिब डेढ घण्टामा दमकका दुई वटा, कमल गाउँपालिका, गौरादह, उर्लाबारी, पथरी शनिश्चरेका गरेर ६ वटा दमकलहरुले आगो नियण्त्रणमा लिएको थियो ।

क नगरपालिका वडा न।५ लाइफलाइन अस्पताल छेउमा बस्ने प्रेम धिमालले घरमा सञ्चालन गरेको स्नेहा होटलमा इन्भटरको लाइन सर्ट भई अचानक आगलागी भएको बताइन्छ । डाइलोसिस वार्डको झ्यालबाट आगो पसी ६ वटा डाइलोसिस मेसिन, तीन वटा एसी, एउटा सीसी क्यामेरा, मेडिकल उपकरण गरी जम्मा एक करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धिमालको घर सबै खरानी भएको छ । उक्त घरमा रहेको धनसम्पत्ति गरेर ७९ लाख ९० हजार बराबरको क्षति भएको जनाइएको छ । सँगै जोडिएको रामवती भुजेलको पक्की वाल र टिनको छानो भएको एकतले घरमा आंशिक क्षति पुगेको छ । छेउमा रहेको रुवि होटल पनि क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दका अनुसार आगो नियण्त्रणका लागि जनपथ प्रहरी, शसस्त्र प्रहरीसहितको टोलीले खटिएको थियो । प्रारम्भिक क्षति विवरण अनुसार अढाइ करोडको क्षति पुगेको छ । बाक्लो बस्ति भएको ठाउँ र अस्पतालमा नै आगोलागी भएको भए पनि आगो नियण्त्रणका लागि छिटो प्रयास भएकाले कुनै पनि मानवीय क्षति नभएको बताइन्छ ।

लाइफलाइन अस्पतालले तत्कालै आइसियु, एनआइसियु, प्रसुस्ती वार्डका बिरामीहरुलाई सुरक्षित स्थल तथा अन्य भवनहरुमा लगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com