ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गलत प्रवृत्तिलाई निरुत्साहित गरेरै छाड्छौँ : सञ्चारमन्त्री शर्मा


एबीसी न्यूज

काठमाडौं २५ चैत । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफूहरु बेथिति र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर लागिपरेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौं बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले बेथिति र गलत प्रवृत्तिविरुद्ध अन्तिम समयसम्म लडिरहने बताउनुभयो ।

विशेषगरी आइटी क्षेत्रमा सीमित व्यक्तिको हालीमुहाली रहेको र त्यसलाई तोड्न खोज्दा पटक–पटक मुद्दामामिला बेहोर्नुपरेको उहाँको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिनुभएको सुशासन र समृद्धिको लक्ष्य पूरा गर्न सञ्चार मन्त्रालय र मातहतका निकायहरु जोडतोडका साथ लागिपरेको उहाँको भनाइ थियो ।

आमसञ्चारका क्षेत्रमा सञ्चार मन्त्रालयले अहिले बढीभन्दा बढी काम गरिरहेको भन्दै मन्त्री शर्माले मन्त्रालयले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकले सबै प्रकारका मिडियालाई संरक्षण, नियमन गर्न सक्ने बताउनुभयो ।

“मन्त्रालयले तयार पारेका विभिन्न ऐन कानुन कार्यान्वयनमा आएपछि आमसञ्चार क्षेत्रमा आमूल परिवर्तन हुन्छ”, मन्त्री शर्माले भन्नुभयो, “सञ्चार मन्त्रालयमा भएका कामले वर्तमान सरकारले गरेका सुशासन, र समृद्धि लक्ष्यलाई साथ पुग्दै आएको छ ।”

माओवादीले अहिलेसम्म ऊर्जापछि सबैभन्दा धेरै पटक सञ्चार मन्त्रालयको नेतृत्व लिएको भन्दै उहाँले त्यसैको परिणाम अहिले गाउँगाउँका जनता हातहातमा सञ्चारको पहुँच पु र्‍य ाउन सकिएको बताउनुभयो ।

मन्त्री शर्माले माओवादीले नेतृत्व सम्हालेका मन्त्रालयले हरेक पटक कहीँ न कहीँ नेपाली जनताले परिवर्तनको महसुस गर्न पाएको उल्लेख गर्नुभयो । बैठकलाई नेकपा ९माओवादी केन्द्र०का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटालगायतले सम्बोधन गर्नुहुनेछ । रासस

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com