ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने


एबीसी न्यूज

काठमाडौं २५ चैत । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । एमालेले नयाँ राजनीतिक समीकरण बनेपछि हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन गर्न वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागेको हो ।

अहिले कोशीमा कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकार छ ।

एमालेले प्रदेश प्रमुख समक्ष दाबी पेशका लागि भने सत्तामा सहभागी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई कुरिरहेको छ । एमाले कोशी स्रोतका अनुसार मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता, नयाँ सरकार गठनका लागि दाबी र संसद्को विशेष अधिवेशन माग गर्ने छुट्टाछुट्टै निवेदनको ड्राफ्ट तयार छ । प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि समर्थन फिर्ता, नेतृत्वको दाबी र विशेष अधिवेशन माग गर्ने तयारी भएको स्वीकार गरे ।

‘हामी छलफलमा छौं, तीन पार्टीको छलफल हुन्छ,’ एमाले दलका नेता कार्कीले भने, ‘कुराकानी हुँदैछ, आजैका लागि प्रयास गरिंदैछ ।’

 

माओवादी केन्द्रले भने आफ्ना पार्टी नेताहरू विराटनगर बाहिर रहेकाले तत्काल हतार नगर्ने बताएको छ । माओवादी केन्द्रले सरकार गठनको खाका स्पष्ट हुनुपर्ने अडान राखेको छ ।

एमालेले तयार गरेको ड्राफ्टमा मुख्यमन्त्रीले काम गर्न नसकेका कारण संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकारलाई सांसदले दिएको समर्थन फिर्ता लिएको र बहुमत ९५७० सांसदले मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई प्रस्ताव गरेको उल्लेख छ । संसद्को विशेष अधिवेशन बोलाउने अर्को निवेदन पनि तयार छ ।

समर्थन फिर्ता र मुख्यमन्त्री दाबी प्रदेश प्रमुख समक्ष पेश गर्ने, प्रदेश सभा सचिवालयमा दर्ता गर्ने र सभामुखलाई पनि जानकारी गराउने तयारी छ ।

दाबी पेश गरेपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीलाई तत्कालै नियुक्त गर्नुपर्ने एमालेको तर्क छ । तर नेकपा माओवादी केन्द्रले भने अन्य उपधारा अनुसार गठन भएको सरकारले विश्वासको मत लिनका लागि ३० दिन समय पाउने भएकाले उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्रीका लागि पनि ३० दिनसम्म पर्खनुपर्ने बताएको छ । माओवादीको अडानमा एमाले सकारात्मक छ ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले पार्टीका नेताहरूसँगको छलफलपछि अघि बढ्ने बताउँछन् । ‘आज छलफल गर्ने कुरा छ, सबै कुरा टुङ्गिएको छैन,’ उनले भने,‘ नयाँ कोर्षमा जानका लागि हाम्रो कुनै विमति छैन, तर अहिले प्रकृया सुरू भएको छैन ।’

नयाँ सरकार गठनका लागि एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईको छुट्टै प्रस्ताव छ । उनले समर्थन फिर्ता र दाबी पेशपछि ३० दिन पर्खिएर सर्वोच्च अदालत जानुपर्ने बताउँछन् ।‘ बहुमतले समर्थन फिर्ता लिनका लागि प्रस्ताव संसद्‌मा टेबल गर्ने, प्रदेश प्रमुखलाई पनि यो सरकारले विश्वास गुमायो भनेर व्यक्ति तोकेर नयाँ सरकार गठनका लागि निवेदन दिने,’ राई भन्छन्,‘ अन्य उपधारा अनुसार विश्वासको मतका लागि ३० दिन समय हुन्छ, यसमा पनि ३० दिन पर्खेर बस्ने अनि विश्वासको मत नलिए वा राजीनामा नदिए सरकार, संसद्, सभामुख र प्रदेश प्रमुखलाई विपक्षी बनाएर अदालत जानुपर्छ ।’

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ । २१ फागुनमा नयाँ राजनीतिक समीकरणपछि बनेको नयाँ गठबन्धनमा ५७ सांसद छन् । तर सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई हटाउन सकस परिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com