ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौरासीको लक्ष्य एमालेको एकल बहुमत : अध्यक्ष ओली


एबीसी न्यूज

काठमाडौं २३ चैत । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को लक्ष्य एमालेको एकल बहुमत भएको बताउनुभएको छ ।

नेकपा ९एमाले० कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको पद तथा गोपनीयताको सपथ समारोहमा शुक्रबार उहाँले सो कुरा बताउनुभएको हो । अहिले नयाँ गठबन्धन नभएर नयाँ राजनीतिक समीकरण भएको उहाँको भनाइ छ । “हामीले नयाँ राजनीतिक समीकरण बनाएका छौँ । मिसन चौरासीबाट एमालेको एकल बहुमत आउँछ । बहुमत आए पनि हामी एक्लै सरकार चलाउँछौँ भन्दैनौँ, अरुलाई पनि सँगै लैजान्छौँ” अध्यक्ष ओलीले भन्नुभयो ।

राजनीतिमा फुट र एकता सधैँका लागि नहुने देखिएको उल्लेख गर्दै उहाँले सधैँ आफूले मात्र अवसर पाउनुपर्छ भन्ने मान्यता त्याग्न आग्रह गर्नुभयो । अधिवेशनमा वैचारिक र नेतृत्वको बहसपछि समाधान लिएर जनतामा जान उहाँले निर्देशन दिनुभयो ।

एमालेलाई एक्ल्याउने अनेक प्रयासका बाबजुद कास्कीमा एमालेले अभूतपूर्व नतिजा निकालेको भन्दै उहाँले कास्कीलाई ‘सुदृढ लालकिल्ला’ को संज्ञा दिनुभयो । पोखरा घोषणा गरे पनि, नगरे पनि पर्यटनको राजधानी नै भएको तर्क गर्दै उहाँले यसको थप विकासको नेतृत्व एमालेले गर्ने चर्चा गर्नुभयो ।

एमाले कास्कीको ११ औं अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित हुनुभएको थियो । चैत १० र ११ गतेलाई निर्धारित अधिवेशनको नतिजा भने १४ गतेमात्र सार्वजनिक भएको थियो । अध्यक्षसहित पदाधिकारीमा पनि अधिकारी प्यानलकै उम्मेदवार विजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com