ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केही नेपाल ऐन संशोधन विधेयकमा छलफल


एबीसी न्यूज

काठमाडौं २३ चैत । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐन विधेयकको दफावार छलफललाई पुनः निरन्तरता दिएको छ । संशोधनकर्तासँगको छलफलपछि समितिले बिहीबार सङ्घीय संसद् सचिवालयसँग सम्बन्धित ऐनको संशोधनबारे छलफल गरेको छ । समितिले संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र सचिवालय सचिव रोजनाथ पाण्डेलाई पनि आमन्त्रण गरेर छलफल गरेको हो ।

महासचिव पाण्डेयले सङ्घीय निजामती सेवाको कानुनसँग एकरूपता हुने गरी नयाँ कानुन तर्जुमा हुनुपर्ने धारणा राख्नुभयो । उहाँले अहिले संशोधनको प्रस्ताव भएका केही व्यवस्थाको प्रतिरक्षा पनि गर्नुभयो । उहाँले भन्नुभयो, “मिडियामा आएका नेगेटिभ कुराले भ्रम सिर्जना गरेको छ । यसमा हामीले स्पष्ट पार्नु पर्छ । यो विधेयकमा एउटा नभएर धेरै विषय समेटिएका छन् । एउटै विषयको कानुन नआएको सम्बन्धमा हाम्रा विषय केही यताउता भए पनि सान्दर्भिक रहन्छन् ।”

सञ्चार माध्यममा पछिल्लो समय स्वार्थ बाझिने गरी सांसदले संशोधन दर्ता गरेको, संशोधनका लागि नै नल्याइएका ऐनमा पनि संशोधन दर्ता भएका विषय उठान गर्दै आएका छन् । प्रस्तावित विधेयकमा पनि संशोधनका लागि नल्याइएका दफामा संशोधन परेका छन् । विधेयकमा सङ्घीय संसद् सचिवालयसम्बन्धी ऐनका दुई दफा संशोधनको प्रस्ताव गरिएको छ । विधेयकको दफा ४६ ले मूल ऐनको दफा ५२ र १०१ संशोधन प्रस्ताव गरेको छ । दफा ५२ को हकमा सचिवालयको आपत्ति छ । सचिवालय सचिव पाण्डेले उक्त संशोधनको विषय सामान्य नभई जनशक्ति व्यवस्थापनसँग सम्बन्धित रहेको बताउनुभयो । प्रस्तावित व्यवस्था सान्दर्भिक नभएकाले त्रुटिपूर्ण रहेको बताउनुभयो । संसद् सेवाको हकमा मात्र यो व्यवस्था संशोधन गर्न लागिएको पाण्डेको भनाइ छ ।

सङ्घीय संसद्का महासचिव र सचिव नियुक्तिसम्बन्धी विधेयक संशोधनका लागि ल्याइएको छैन तर त्यसमा पनि संशोधन दर्ता भएका छन् । जसमार्फत सभाका सचिव नियुक्तिको उमेर बढाउन प्रस्ताव गरिएको छ । महासचिव र सचिव दुवैले अनुभवी व्यक्ति ल्याउनुपर्ने भएकाले उमेर बढाउन प्रस्ताव गरेको हुन सक्ने भन्दै सांसदका संशोधनको प्रतिरक्षा गर्नुभएको छ । जुन कानुन सरकारले संशोधनका लागि प्रस्ताव गरेको छैन ।

दफावार छलफलका क्रममा समितिले शुक्रबार गृह, ऊर्जा, खानेपानी, वन र शिक्षा मन्त्रीहरूलाई छलफलका लागि बोलाएको छ । नखुलेको दफा र संशोधन नल्याएको कानुनमा समेत सांसद सन्तोष परियार, सुमना श्रेष्ठ, प्रदीप यादव, रञ्जुकुमारी झा, राजेन्द्रकुमार केसी, अमरेशकुमार सिंह, राजेन्द्रप्रसाद पाण्डे, गोकुल बाँस्कोटा, अच्युतप्रसाद मैनाली, ठाकुरप्रसाद गैरे, दीपा शर्मा, ईश्वरी घर्तीलगायतले संशोधन दर्ता गरेका छन् ।

सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐनमा समेत संशोधन दर्ता गरेका हुन् । यस्तै कांग्रेसका जीवन परियार, सुशीला थिङ र नागिना यादवले विभिन्न संवैधानिक आयोगका कानुनमा समेत संशोधन प्रस्ताव दर्ता गरेका छन् । जुन सरकारले संशोधनको प्रस्ताव गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com