ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली नै पाँच वर्षसम्म प्रधानमन्त्री हुने सहमति भएको छ :  अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
फाल्गुन ८, २०७४ मंगलबार  २ : १५ बजे

काठमाडौं,८ फागुन । नव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली नै पाँच वर्षसम्म प्रधानमन्त्री हुने सहमति भएको स्पष्ट पार्नु भएको छ ।
आज भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आउदो महाधिवेशनसम्मको चियर पद्धतीमा पार्टीको नेतृत्व रहने स्पष्ट पार्नुभएको छ । अध्यक्ष प्रचण्डले सैद्धान्तिक रुपमा आजैबाट एक भएको पार्टीको अध्यक्ष दुवै नेता रहने बताउनुभयो । उहाँले वैधानिक रुपमा पार्टी दर्ता नभएपनि हिजो रातीबाट नै पार्टी एकीकरण भईसकेको स्पष्ट पार्नुभयो ।


अध्यक्ष प्रचण्डले दुई कम्युनिष्ट पार्टीको एकताले सबैमा उत्साह छाएको र देश विदेशको ध्यान समेत तानेको बताउनुभयो । अध्यक्ष प्रचण्डले आगामि दिनमा नेपाल समृद्धिको यात्रामा सफल हुने विश्वास व्यक्त गर्दैमा सबै तहका नेता, कार्यकता तथा जनतालाई बधाई समेत दिनुभयो । एकीकरण हुँदा केही नेताहरुमा असन्तुष्टी छ भन्ने पत्रकारहरुको जिज्ञाशामा उहाँले पार्टी एकीकरण हुँदा कहि कतै असन्तुष्टि नभएको दाबी गर्दै खुशीयाली मनाई रहेको बताउनुभयो ।

यस्तै अध्यक्ष प्रचण्डले एक डेढ वर्ष भित्रमै पार्टीको एकता महाधिवेशन गर्ने जानकारी दिनुभयो । हिजो बेलुका सहमती हुँदा बनेको दुई वटा कार्यदलले केही साता भित्रै दिने प्रतिवेदनको आधारमा पार्टी एकीकरणको औपचारिक घोषणा र पूुर्ण खाका तय हुने अध्यक्षको प्रचण्डको भनाई छ । यस्तै अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनष्टि पार्टीको कुनै अर्थ नरहेको भन्दै आफूहरुको नेतृत्वको पार्टी मात्रै बैधानिक पार्टी रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी, धनुषा–१ मा विवादबीच मातृका यादवलाई प्रमाणपत्र

१६५ क्षेत्रको अन्तिम नतिजा: रास्वपा पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो, चौथो नेकपा

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com