ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीका मुख्यमन्त्री चौधरी राजीनामा दिने मनस्थितिमा, संसदीय दलको बैठक बोलाए


एबीसी न्यूज

काठमाडौं २२ चैत । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको आकस्मिक बैठक बोलाएका छन् । बिहीबार बस्ने प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यसूची छ ।

प्रदेशसभा बैठक दिउँसो ४ बजे बस्नु अगावै दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको हो । मुख्यमन्त्री चौधरीले बहुमत जुटाउने प्रयास गरेपनि असफल भएपछि राजीनामा दिने मनस्थितिमा पुगेको कांग्रेसकै एक सांसदले जानकारी दिए ।

‘आज बिहानसम्म पनि विश्वासको मत लिने तयारी थियो,तर अहिले मुख्यमन्त्रीले राजीनामा दिने कुरा आएको छ’, उनले भने, ‘अहिले १ बजे संसदीय दलको वैठक छ, संभवतः मुख्यमन्त्रीले राजीनामा दिने जानकारी गराउनुहुन्छ होला ।’

बहुमत पुगे विश्वासको मत लिने, नपुगे पदबाट राजनीनामा दिने बारेमा छलफल गरेर निर्णय लिने कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले फागुन २३ मा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ ।

बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का ४, राप्रपाका ३, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का ३, जनमतका ३, जनमोर्चा र नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका एक–एक जना प्रदेशसभा सदस्य छन् ।

नयाँ सत्ता गठबन्धनको आधारमा एमालेका २९, माओवादीका सभामुख बाहेक १०, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको साथ लिएर नयाँ सरकार बनाउन बहुमत पुग्ने देखिन्छ । सरकारको नेतृत्व पाएको माओवादीले नयाँ सरकार बनाउन दलहरूसँग छलफलमा जुटेका छन् ।

माओवादी केन्द्र लुम्बिनी संसदीय दलका नेता जोखबहादुर महराले भोलि नै शपथ लिने गरी तयारीमा लागेका छन् । यसअघि २०७९ साल पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुँदा महरा झण्डै तीन महिना अर्थमन्त्री बनेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com