ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत नलिई राजीनामा दिने


एबीसी न्यूज

काठमाडौं २१ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत नलिई राजीनामा दिने भएका छन्।

केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णअनुसार नेकपा एमालेलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शर्माले बुधबार नै राजीनामा दिने लागेका हुन्।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले केन्द्रको निर्णय र अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिन लागेको बताए। अहिले दिउँसो ३ बजे कर्णाली प्रदेश सभाको बैठक बस्दैछ।

 

‘प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले राजीनामा घोषणा गर्ने कि पहिले राजीनामा दिएर सम्बोधन गर्ने, उहाँलाई विकल्प दिएका छौँ’, मल्लले नेपालखबरसँग भने, ‘केन्द्रमा जुटेको सहमतिअनुसार अब पहिलो कार्यकाल एमालेले सरकारको नेतृत्व लिनेछ। त्यसपछिको बाँकी समय माओवादीले नेतृत्व गर्ने छ।’

मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर मात्रै राजीनामा दिने अडान लिँदा मंगलबार दिनभर सहमति जुटेको थिएन। जसकारण उनले विश्वासको मत लिन भनेर डाकिएको प्रदेश सभा बैठक पनि बस्दै नबसी स्थगित गरेर बुधबार दिउँसोलाई तोकिएको थियो।

यसअघि सोमबार प्रचण्डले कर्णालीको मुख्यमन्त्री पद छाड्न पार्टीको प्रदेश कमिटीलाई निर्देशन दिएका थिए।

अध्यक्ष प्रचण्डले सोमबार दिउँसो पार्टीका कर्णाली प्रदेश इन्चार्ज मल्ललाई टेलिफोन गरेर मुख्यमन्त्री पद एमालेलाई दिन भनेका थिए।

तर, त्यसअघि नै आइतबार मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने गरी प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com