ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाको कोर टिम नै सहकारी ठगीमा कांग्रेसको आरोप


एबीसी न्यूज

काठमाडौं २१ चैत । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कोर टिम नै सहकारीको रकम ठगीमा मुछिएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस महामन्त्री शर्माले रास्वपाका सहमहामन्त्री विपिन आचार्य समेत सहकारीको रकम अपचलनमा मुछिएको बताए । ‘रास्वपाका एक जना आचार्य थरका सहमहामन्त्रीजीको नाममा गोर्खा मिडियामा सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ प्रवाह भएको देखिन्छ । सूर्य दर्शन सहकारीबाट एक करोड प्रवाह भएको देखिन्छ,’ सांसद शर्माले भने ।

यसअघि, प्रतिनिधि सभाकै बैठकमा कांग्रेसले सहकारीको रकम ठगीमा रास्वपाका उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल र रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी समेत आरोपित रहेको भनी प्रश्न उठाएको थियो ।

रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रावि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा आरोपित रहेको भनी संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले मंगलबार कांग्रेसका सांसदद्वय रामकृष्ण यादव र कान्तिका सेजुवालले अन्य दुई नेता समेत आरोपित रहेको भनी प्रश्न उठाएका थिए ।

बुधबारको बैठकमा कांग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले रास्वपाका सहमहामन्त्री आचार्यको नामै लिएर सहकारीको रकम अपचलनको प्रश्नमा रहेको बताए ।

साथै, रास्वपाको कोर टिम नै सहकारी ठगीमा आरोपित रहेको बताए । ‘नयाँ बनेर आएको दलको सम्मान गर्दैगर्दा देश दुनियाँले सुन्नेगरी आग्रह गर्न चाहन्छु– त्यहाँ भित्र एउटा कोर टिम रहेछ । जो यो ९सहकारी ठगी० समग्र गतिविधिमा सामेल छ,’ महामन्त्री शर्माले भनेका छन्, ‘त्यहाँ ९रास्वपा०भित्र कोर टिम छ भित्र गएर काम गर्छ । डोर टिम ढोकामा बसेर ढाकछोप गर्छ । पुअर टिम छ जो देशभरी बसेर रास्वपा जिन्दावाद भनेर फेसबुकमा लेखिरहन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com