ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीको सदस्यता नछोड्ने शिक्षकलाई कारबाही गर्ने- शिक्षामन्त्री


एबीसी न्यूज

काठमाडौं २१ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण पेशामा आवद्ध रहेर राजनीतिक दलको सदस्यता लिएका शिक्षकलाई कारबाहीको प्रक्रिया सुरू गरेको छ ।

शिक्षा ऐन र राजनीतिक दल सम्बन्धी ऐनमा शिक्षकले राजनीतिक दलको सदस्यता लिन नपाउने व्यवस्था छ । सोही ऐनको आधारमा रहेर मन्त्रालयले राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने तयारी गरेको हो ।

शिक्षक राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था कानुनमा रहेको स्मरण गराउँदै शिक्षामन्त्री सुमना श्रेष्ठले दलको सदस्यता नलिन आग्रह समेत गरेकी छन् ।

राजनीति दल सम्बन्धी ऐनमा ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्वमा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल’ व्यक्ति पार्टी सदस्य हुन नपाउने व्यवस्था छ ।

उक्त ऐनका आधारमा शिक्षकले राजनीतिक दलको सदस्यता लिन पाउँदैनन् । यद्यपी अधिकांश दलका शिक्षक संगठनमा दलको सदस्यता लिएकाहरू छन् ।

शिक्षा ऐन २०२८ मा सामुदायिक विद्यालयका शिक्षकलाई शिक्षा प्रदान गर्ने वा विद्यालय प्रशासन सम्बन्धी काममा बाहेक अन्य काममा शिक्षकलाई लगाउन नहुने व्यवस्था छ । तर दलहरूले पार्टी काममा शिक्षकहरूलाई खटाउने गरेका छन् ।

विद्यालयको पठनपाठनमा बाधा नपर्ने गरी राष्ट्रिय जनगणना, निर्वाचन सम्बन्धी काम, प्राकृतिक प्रकोप उद्धारमा भने सरकारले खटाउन सक्ने ऐनमा व्यवस्था छ ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि दलहरू संघर्षरत रहे पनि उनीहरू प्रतिबन्धित रहेका बेलामा शिक्षकहरू तथा विभिन्न पेशाकर्मीहरूले आफ्नो आवाज बुलन्द गर्न संस्था खोलेका थिए । कालान्तरमा ती दलका स्वार्थ पूरा गर्ने संयन्त्रका रुपमा परिणत हुँदै गए । शिक्षादीक्षामा भन्दा दलीय रुचिअनुसार परिचालित हुन शिक्षकहरू थालेको भन्दै अब लोकतन्त्र स्थापनापछि शिक्षकहरू मूल पेशामै फर्कनुपर्ने मन्त्रालयले भनेको छ ।

यसको पृष्ठभूमि के छ भने, शिक्षण पेशामा आवद्ध व्यक्तिहरुले दलको सदस्यता लिएको उजुरी शिक्षा मन्त्रालयमा परेको छ । दलमा आवद्ध भएका शिक्षकका बारेमा मन्त्रालय उजुरी परेको मन्त्री श्रेष्ठले सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक जानकारी गराएकी थिइन् ।

शिक्षा ऐन र राजनीतिक दल सम्बन्धी ऐनका आधारमा मन्त्रालयले दलमा जोडिएकाहरूलाई कारबाही गरिने उनले बताइन् । सरकारी तथा सामुदायिक संस्थामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिन समेत मन्त्री श्रेष्ठले आह्वान गरेकी छन् ।

शिक्षामा ठूलो लगानी भएपनि प्रतिफल नआउनुको मूल जडो शिक्षामा राजनीतिकरण भएको मन्त्री श्रेष्ठको बुझाइ छ । उनले भनिन्,‘नराम्रो काम गर्नेलाई राजनीतिक प्रश्रय छ । जबसम्म दलीय राजनीतिकरण शिक्षा क्षेत्रबाट हट्दैन । जस्तो सुकै राम्रो भवन बनाउनुस् । राम्रो कार्यक्रम लग्नुस् । त्यसले नतिजा दिंदैन ।’

दल त्यागका लागि मन्त्रालयले केही समय उपलब्ध गराउने भएको छ । आवद्धता हटेको पुष्टि गर्ने अवधिमा पनि सदस्यता त्याग नगरे मन्त्रालयले कारबाही गर्ने तयारी गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्रीका कार्यमा सघाउने गरी संयोजक तोकिएका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी त्याग गर्न केही समयावधि उपलब्ध गराउने बताए ।

‘दलबाट हटेको पुष्टि गर्नुस् भनेर मन्त्रालयले समयावधि दिन्छ । त्यो अवधिमा पार्टी सदस्यता नछोड्नेलाई कारबाही हुन्छ,’ कार्कीले भने ।

ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका शिक्षक संगठनमा आवद्धहरू मूल पार्टीका सदस्य समेत रहेका छन् । ती संगठनबाट पार्टी महाधिवेशनमा प्रतिनिधि छनोट भएर आएका हुन्छन् । कांग्रेसको १४ औं महाधिवेशनमा शिक्षक संघबाट ३ सय बढी प्रतिनिधि सहभागी भएको त्यसबेला शिक्षक संघका पदाधिकारीहरूले दाबी गरेका थिए ।

गत फागुनमा भएको कांग्रेसको महासमिति बैठकमा प्रतिनिधि हुन नपाएपछि शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले विज्ञप्ति निकालेर विरोध जनाएका थिए । शुभेच्छुक संस्थाले विरोध जनाएपछि पार्टीले ३ जना प्रतिनिधि सहभागी गराउने व्यवस्था गरेको थियो ।

एमालेको १०औं महाधिवेशनमा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनबाट पनि प्रतिनिधि सहभागी गराइएको थियो ।

कांग्रेस एमालेकै सिको गरेर शिक्षकलाई पार्टीमा हुल्ने प्रवृत्तिलाई माओवादी केन्द्रले पनि निरन्तरता दिइरहेको छ । माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले पार्टीका सम्मेलनमा प्रतिनिधि पठाउँदै आएको छ ।

कांग्रेसमा यस्तो प्रवृत्ति हटाउनेबारेमा छलफल सुरू भएको छ । शिक्षक संघमा रहेकाहरुको दलीय आवद्धता हटाउन कांग्रेस महामन्त्री गगन थापाले पार्टीमा छलफलका लागि विषय प्रवेश गराएका छन् । प्रचलित कानुनले पार्टीमा आबद्धता हुन शिक्षक, सरकारी कर्मचारीलाई रोकेको उल्लेख गर्दै पार्टीमा छलफलका लागि प्रस्ताव राखेको उनले बताए ।

पेसामा संलग्न व्यक्तिहरूलाई पार्टीको सदस्यता प्रदान नगर्ने वा पार्टीमा जिम्मेवारी लिन चाहेमा कानून बमोजिम रित पुर्‍याएपछि सदस्यता दिनुपर्ने प्रस्ताव छलफलका लागि थापाले महासमिति बैठकमा पेश गरेका थिए । यस सन्दर्भमा पार्टीले निर्णय भने लिइसकेको छैन ।

निर्वाचन आयोगले दलीय सदस्यता लिएका शिक्षकलाई कारबाहीको निर्देशन सरकार र दलहरु दिएपनि अटेरी गर्दै आएका छन् । दलीय आवद्धता त्याग नगरेका शिक्षकलाई कारबाही गर्न २०७९ साउनमा आयोगले सरकारलाई पत्र पठाएको थियो ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत तीन वटै तहका सरकारलाई निर्देशन आयोगले दिएको थियो । निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख यज्ञ भट्टराई सरकारलाई नीतिगत निर्णय गरेर निर्देशन दिएको बताउँछन् ।

‘निर्वाचन आयोगले नितिगत निर्णय गरेर नै निर्देशन पनि दिएको छ । त्यो विषयमा अदालतमा पनि मुद्धा परेर अदालतबाट आदेश जारी भएको छ,’ भट्टराईले अनलाइनखबरसँग भने,‘कारबाहीका लागि उजुरी परे हामीले विभागीय मन्त्रालयमा पनि पठाउने गरेका छौं । आयोगमा पनि उजुरी दिन सकिन्छ ।’

संविधान अनुसार विद्यालय शिक्षा स्थानीय तहको मातहत पर्दछन् । दलीय आवद्धता रहेका शिक्षकलाई कारबाहीका लागि तहगत संरचनासँग समन्वय र कुराकानी भइरहेको मन्त्री श्रेष्ठले समिति बैठकमा जानकारी गराइन् । उनले भनिन्, ‘कुन तहकालाई के कारबाही गर्ने हो । तत् निकायसँग समन्वय र कुराकानी सुरू भइसकेको छ ।’

संसद्‌मा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकले दलको सदस्यता लिन नपाउने व्यवस्था छ । ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा शिक्षकले राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था राखिएको छ । शिक्षा ऐनमा सामुदायिक विद्यालयका शिक्षकहरुको पेशागत हक हितको सम्बन्धमा कार्य गर्न ‘नेपाल शिक्षक महासंघ’ रहने व्यवस्था छ । शिक्षक महासंघमा विभिन्न दलसँग जोडिएका शिक्षक सम्वद्ध १४ संगठन छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com