ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औद्योगिक काम अघि बढाउन प्रधानमन्त्री समक्ष अनुरोध


एबीसी न्यूज

काठमाडौं २१ चैत । आठ बर्षअघि मन्त्रिपरिषदले निर्णय गरे पनि निर्माण कार्य बढ्न नसकेको बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्रको कामलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराइएको छ ।

बाँकेबाट सङ्घीय संसद, लुम्विनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीसहित बैजनाथ गाउँपालिकाका जनप्रतिनिधिको संयुक्त टोलीले प्रधानमन्त्री प्रचण्डलाई तत्काल काम अघि बढाउन ध्यानाकर्षण गराएको लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले बताउनुभयो ।

प्रदेशसभा सदस्य खत्रीले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले सबैपक्षलाई सहमतिमा लिएर तत्काल काम अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।’ प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, आशा विक, प्रदेशसभा सदस्य खत्री, गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, वडा अध्यक्ष राजु रुचाल, एमाले नेता घननाथ खनाल, बिमल मल्लसहितको टोलीले प्रधानमन्त्री कार्यालयमा पुगेर नौवस्ता औद्योगिक क्षेत्रको काम तत्काल अघि बढाउन माग गरेको जनाएको छ ।

यसैगरी टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई पनि भेटगरी तत्काल औद्योगिक क्षेत्रको काम अघि बढाउन माग गरेको छ । नौवस्ता औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गरी प्रत्यक्ष जानकारी लिनुभएका मन्त्री भण्डारीले पनि हाल देखिएको बिवाद समाधान गरी तत्काल काम अघि बढाइने बताउनुभयो ।

नौवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले सुरुमा ५२५ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरे पनि वस्तीलगायतका कारण पछि ३३८ बिघामा निर्माण कार्य अघि बढाउने भनिएको छ । त्यसभित्र समेत केही घर परेपछि विवादका कारण लामो समयसम्म औद्योगिक क्षेत्रको काम अघि बढ्न नसकेको हो ।

सो क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य खत्रीले मानव बस्तीलाई व्यवस्थापन गरी औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय बासिन्दा तयार रहेको बताउनुभयो । नौवस्तामा औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि २५० जना उद्योगी व्यवसायीले आवेदन दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com