ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेडियो नेपालका कार्यक्रमले सबैलाई एकताबद्ध गर्न योगदान पुगिरहेको छ: प्रधानमन्त्री दाहाल


एबीसी न्यूज

काठमाडौं २० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा प्रधानमन्त्री दाहालले रेडियो नेपालले आफूलाई बदलिँदो राजनीतिक परिस्थिति एवम् सामाजिक रूपान्तरणको अभियानमा जनआकांक्षा अनुरूप उभ्याई सकारात्मक सञ्चार सम्प्रेषण गर्न सफल भइरहेको बताउनुभएको छ ।

परिवर्तित सन्दर्भका नीतिगत, कानुनी र व्यवस्थापकीय उपलब्धिहरू केन्द्रीय र प्रादेशिक प्रसारणको माध्यमबाट जनताको घरघरमा पुऱ्याउन रेडियो नेपालले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले देशको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता र संविधानको मर्म एवम् भावनाअनुरूप रेडियो नेपालले सञ्चालन गरिरहेको कार्यक्रमबाट सिङ्गो देशलाई एकताबद्ध गर्न योगदान पुगिरहेको उल्लेख गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री दाहालले रेडियो नेपालको संस्थागत, प्रविधिगत, संरचनागत र व्यवस्थापकीय सुधार गरी अन्य प्रसारण संस्थासँग प्रतिस्पर्धी संस्थाका रूपमा स्थापित गर्न सबैले आ–आफ्नो ठाउँबाट पहलकदमी लिन आवश्यक रहेको उल्लेख गर्नुभएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com