ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री लामिछाने बारे प्रहरी प्रमुखको जवाफले संशय पैदा गर्‍यो- कांग्रेस


एबीसी न्यूज

काठमाडौं १८ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा प्रहरी प्रमुखले दिएको जवाफले संशय पैदा गरेको बताएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद संजयकुमार गौतमले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटना क्रमले एउटा संशय पैदा भएको छ,’ कांग्रेस सांसद गौतमले भने ।

यही चैत १४ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरले पोखरास्थित सूर्यदर्शन सहकारीको ठगीमा लामिछाने निर्दोष रहेको बताएका थिए ।

सहकारीको ठगीका सन्दर्भमा ‘सबै इस्युको मेन जड’ जीबी राई रहेको उल्लेख गर्दै उनले भनेका थिए, ‘रवि लामिछानेको नाम आएको छ, तर यसमा उहाँको कुनै संलग्नता देखिएको छैन ।’

प्रहरी महानिरीक्षक कुँवरले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेलाई निर्दोष भनेको स्मरण गर्दै कांग्रेस सांसद गौतमले यस्तो बताएका हुन् ।

कांग्रेसले गत फागुन २४ गतेदेखि गृहमन्त्री लामिछानेका सन्दर्भमा संसदमा प्रश्न उठाउँदै आएको छ । त्यसयता बसेका हरेक बैठकको सुरुमै कांग्रेसले गृहमन्त्रीका सन्दर्भमा प्रश्न उठाउने गरेको छ ।

सुरुमा कांग्रेसले गृहमन्त्रीको नियुक्तिका सन्दर्भमा प्रधानमन्त्रीको जवाफ मागेको थियो । चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको रकम हिनामिनाका विषयमा गृहमन्त्री लामिछाने कतै संलग्न नरहेको प्रहरी ब्रिफिङ रहेको बताएका थिए ।

प्रधानमन्त्रीको जवाफमा कांग्रेसले चित्त बुझाएको छैन । प्रधानमन्त्रीको जवाफ चित्त नबुझेपछि कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ । यो मागमा अडिग रहेको कांग्रेस सांसद गौतमले बताएका छन् ।

कतिपयले गृहमन्त्रीमाथि राजनीतिक पूर्वाग्रहका आधारमा कांग्रेसले प्रश्न उठाएको भनेको स्मरण गर्दै सांसद गौतमले भने, ‘राजनीतिक पूर्वाग्रहको रुपमा यो उठेको होइन ।’ आफूहरुले सुरुमा प्रधानमन्त्रीको जवाफ खोजेको तर, प्रधानमन्त्रीले क्लिन चिट दिन खोजेपछि संशय पैदा भएको उनले बताए ।

लामिछानेको गृहमन्त्रालयमा स्वार्थ बाझिने पनि उनले बताए । यो विषय नैतिक विषय भएको बताए । विगतमा कांग्रेसका तर्फबाट अर्थमन्त्री रहेका बेला रामशरण महतमाथि प्रश्न उठ्दा राजीनामा दिएको, माओवादी केन्द्रका कृष्णबहादुर महराको सन्दर्भमा प्रश्न उठ्दा राजीनामा आएको स्मरण गर्दै उनले प्रश्न उठ्दैमा त्यसलाई राजनीतिक रुपमा हेर्न नहुने उनले बताए ।
प्रश्न उठेका व्यक्तिका सन्दर्भमा प्रधानमन्त्री गम्भीर नभएको कांग्रेस सांसद गौतमको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डलाई सांसद गौतमको प्रश्न छ, ‘प्रधानमन्त्रीज्युले ठूलो माछा काखीमा च्यापेर सानो माछा मात्रै खोजी गर्ने कुरामा प्रतिबद्धता जनाएर पुग्छ रु’ आफूहरुले गम्भीर रुपमा प्रश्न उठाएको र गृहमन्त्रीका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा कायम रहेको बताए ।

आफूहरुका लागि संसद चाहिएको र संसद चलाउने विषयमा गम्भीर रहेको बताए । आफूहरु संसद अवरोधको पक्षमा नरहेको उल्लेख गर्दै उनले संसदीय छानबिन समिति गठनका लागि तयार हुन सत्तारुढ दलहरुलाई आग्रह गरे । अन्यथा, निरन्तर विषय उठाइरहने र आवश्यक परे संसद अवरोध गर्ने र जनतामा जाने उनको चेतावनी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com