ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत अफगानिस्तानसँग स्तब्ध, जोर्डनले पाकिस्तानलाई ७ गोल हान्यो


एबीसी न्यूज

काठमाडौं १४ चैत । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा दक्षिण एसियाको महारथि भारत पराजित भएको छ।

भारतलाई दक्षिण एसियाको उदाउँदो शक्ति अफगानिस्तानले २(१ गोलअन्तरले हराएको हो।  घरेलु भूमि गान्धी एथलेटिक स्टेडियम गुहाटीमा मंगलबार राति भएको खेलमा भारत स्तब्ध हुन पुगेको हो।

 

पहिलो हाफको अग्रतालाई जोगाउन नसक्दा भारत पराजित भयो । भारतका लागि ३८ औँ मिनेटमा सुनिल क्षत्रीले अग्रता दिलाएका थिए।

तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको अफगानिस्तानले महत्वपूर्ण खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।

अफगानिस्तानलाई जिताउन रहमत अकबरी र शरिफ मुहम्मदले १(१ गोल गरे। विश्वकप छनोटको दोस्रो चरणमा अफगानिस्ताले पहिलो जित निकालेको हो।

भारतविरुद्ध महत्वपूर्ण जितपछि अफगानिस्तानले ४ खेलबाट समूह ए मा ४ अंक बनाएको छ। भारतविरुद्ध पहिलो लेगमा अफगानिस्तानले गोलरहित बराबरी खेलेको थियो।

अफगानिस्तानसँग पराजित भएको भारत पनि ४ अंकसहित भारत पनि दोस्रो स्थानमा छ। ३ खेल खेलेको कतार ९ अंकसहित पहिलो स्थानमा छ।

उता भारत पराजित भएकै दिन छिमेकी पाकिस्तानले पनि जोर्डनविरुद्धको खेलमा नराम्रो हार भोगेको छ।

जोर्डनको अम्मान रंगशालामा भएको खेलमा घरेलु टिमले पाकिस्तानलाई ७–० गोलको भारी अन्तरले हराएको हो।

जोर्डनले नेपाललाई सन् २०११ मा ९(० गोलले हराएयता यो अर्को फराकिलो जित हो। जोर्डनको जितमा मुसा अल(तामारीले ह्याट्रिक गरे।

पाकिस्तानविरुद्धको फराकिलो जितपछि जोर्डन ४ खेलबाट ७ अंकसहित समूहको दोस्रो स्थानमा छ। यो समूहमा १० अंकसहित साउदी अरेबिया पहिलो स्थानमा छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com