ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भर्सेस बहराइन- प्रतिस्पर्धात्मक खेलको अपेक्षा


एबीसी न्यूज

काठमाडौं १३ चैत । मनामा बहराइन  फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत आज नेपाल र बहराइनबीच दोस्रो खेल हुँदैछ । खेल स्थानीय समयअनुसार राति १० बजे नेपाली समय अनुसार मध्यराति पौने १ बजे० बहराइनको रिफास्थित नेशनल स्टेडियममा सुरू हुनेछ ।

समूह ‘एच’ मा रहेका यी दुई टोली एक सातामा दोस्रो पटक खेल्न लागेका हुन् । यसअघि बिहीबार भएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो । दशरथ रंगशालामा होम म्याच खेल्नुपर्ने नेपालले मैदानको अवस्था खेल्नलायक नभएपछि पहिलो लेगको खेल बहराइनमै आएर खेलेको थियो । पहिलो खेलमा फराकिलो जित निकालेको बहराइन उच्च मनोबलमा छ ।

अगाडिको खेलको नतिजाभन्दा पनि आजको खेलमा केन्द्रित हुने दुवै टिमका प्रशिक्षकले बताएका छन् । नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बहराइनलाई कडा टक्कर दिने बताएका छन् । ‘हामी खेलको लागि तयार छौं । बहराइनी टिममा धेरै अन्तर्राष्ट्रिय खेल खेलिसकेका अनुभवी खेलाडीहरू छन् । तर हामी कडा टक्कर दिनेछौं ।’ एनेसले प्रि–म्याच कन्फेरेन्समा भने ।

पछिल्लो खेलमा घाइते भएका नेपालका फरवार्ड अन्जन विष्ट खेल्न नसक्ने भएको र टिममा केही परिवर्तन हुने उनले बताए । ‘केही खेलाडी परिवर्तन हुन्छन् । पछिल्लो खेलमा अन्जन घाइते भए ।’ अन्जन नहुँदा नयाँ खेलाडीलाई पनि अनुभव बटुल्ने मौका हुने एनेसले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com