ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नयाँ गठबन्धन राजनीतिक स्वार्थका लागि होइन’


एबीसी न्यूज
चैत्र १२, २०८० सोमबार  २ : ३४ बजे

काठमाडौं १२ चैत । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले वर्तमान नयाँ गठबन्धन राजनीतिक स्वार्थका लागि नभई देश विकास र जनताको समृद्धिका लागि भएको स्पष्ट पार्नुभएको छ। पर्वतको पैयुँमा आइतबार आयोजित जनसंवाद कार्यक्रममा बोल्दै मन्त्री गिरीले अहिले मुलुकको आवश्यकताले नयाँ गठबन्धन सिर्जना गरेको बताउनुभयो ।

उहाँले मुलुकका तमाम समस्या समाधानका लागि साथै सुशासन र समृद्धिका लागि आगामी ४ वर्षसम्म यो सरकार जाने बताउनुभयो । ‘अहिले सत्ता स्वार्थका लागि मात्रै गठबन्धन गरिएको होइन,’ उहाँले भन्नुभयो, ‘जनताले अपेक्षा गरेका विकास साथै सुखी जनता र समृद्ध मुलुक बनाउने सङ्कल्पका साथ यो गठबन्धन बनेको हो ।’

मन्त्री गिरीले देशमा सङ्घीय गणतन्त्रमा गएपनि पर्याप्त कानुन नबन्दा तीनै तहका सरकारका बिचमा समन्वय हुन नसकेको र त्यसले जनतामा समेत अन्योल सिर्जना गरेकाले आवश्यक कानुनहरू तत्काल निर्माणका लागि समेत पहल थालिएको बताउनुभयो । उहाँले देशमा बढ्दै गएको चरम निराशा र कुशासनलाई हल गर्न अहिलेको सरकारले जनताका भावना अनुसार काम गर्नेमा विश्वास दिलाउनुभयो ।

उहाँले बेरोजगारी समस्याका कारण कलिला युवाहरूले रुँदै देश छाड्नुपर्ने बाध्यताको अन्य गर्नका लागि पनि दिगो सरकार आवश्यक रहेको बताउनुभयो । ूदेशमा दैनिक हजारौँ युवाहरू बाहिरिनु सङ्केत राम्रो नभएको मात्रै होइन हामी असफल भएका हौँ, मन्त्री गिरीले भन्नुभयो ूदलहरूले बेलैमा सोच नबनाउने हो भने अझै भयावह स्थिति आउँछ ।ू

मन्त्री गिरीले मतदाताहरूलाई भेटघाट गर्ने उद्देश्यले जिल्लाको दक्षिणबाट जनसंवाद कार्यक्रम सुरु गर्नुभएको छ । उहाँले चुनावका बेला मतदातासँग गरेका प्रतिबद्धता पूरा गराउन प्रतिबद्ध रहेको बताउँदै गाउँ अभियानमा लाग्नुभएको हो ।

उहाँले पर्वतको समग्र विकासका लागि आफू जानकार भएकाले आगामी बजेटमा जिल्लाका महत्त्वपूर्ण समस्याहरूलाई हल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री गिरीले घोषणा पत्रमा जनतासँग गरेका बाचा नभुल्ने बताउँदै मतदाताले अनुभूति गर्ने खालका कामहरू गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

सम्बन्धित

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा दुर्घटना

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com