काठमाडौ १० चैत । चट्याङले लागेर बझाङमा एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका वडा नम्बर–६ नौरामा गएराति साढे नौ बजे घरमा चट्याङ लाग्दा ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घाइते हुनेहरुमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्रबहादुर सिंह, २५ वर्षीया निशा सिंह, १८ महिनाकी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, ९ वर्षीय नितेश सिंह र १३ वर्षीया लक्ष्मी सिंह रहेका वडाध्यक्ष नरेन्द्रबहादुर सिंहले बताएका छन् ।घाइते सबैको हात खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनुभएको छ । घाइतेमध्ये लक्ष्मी सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।








प्रतिक्रिया दिनुहोस्