ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृष्णबहादुर महरालाई सुन तस्करको मतियारका रूपमा मुद्दा चलाइने


एबीसी न्यूज

काठमाडौं ७ चैत । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बुधबार बयान सुरु गर्ने भएको छ। विद्युतीय चुरोट भेप०मा लुकाएर ९ किलो सुन तस्करी प्रकरणमा पहिले उन्मुक्ति दिएको सीआईबीले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनपछि पुनः अनुसन्धान गरेर पूरक अभियोग दर्ता गर्ने भएको छ।

सीआईबीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालत, काठमाडौंले पहिलोपटक चार दिनको म्याद दिएको छ।

महरामाथि सुन तस्करलाई सहयोग गरेको अर्थात् मतियारको आरोपमा अनुसन्धान हुने भएको छ। सोमबार अदालतको अनुमति लिँदा नै प्रहरीले महरा संगठित रूपमा सुन तस्करी कसुर गर्न चिनियाँ मूलका दावाजिन वाङ समेतलाई सहयोग गरी संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र दफा ४ बमोजिम मतियारको कसुरदारको रूपमा भूमिका निर्वाह गरेको आधार प्रस्तुत गरेको छ।

 

मतियारको कसुरमा मुख्य कसुरदारको भन्दा आधा सजाय हुने कानुनी व्यवस्था छ।

सीआईबीले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न सरकारी वकिल कार्यालयमार्फत म्याद माग गरेको थियो।

तर विभिन्न रोग लागेको र आफू अस्वस्थ रहेको बताएका महराको स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि अदालतले निर्देशन दिएको छ। अदालतको निर्देशनपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। मंगलबार दिनभर उनलाई अस्पतालमै राखिएको सीआईबी स्रोतले जानकारी दिएको छ।

बुधबारदेखि महराको विषयमा जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार बनाएर अनुसन्धान अगाडि बढाउने भएको छ।

‘यसअघिको अनुसन्धानमा औंल्याएका त्रुटि र अब गर्नुपर्ने विषय पनि प्रतिवेदनमा निर्देशित गरिएको छ, त्यसैलाई आधार बनाएर अनुसन्धान अगाडि बढ्छ’, सीआईबीका एक अधिकारीले भने।

महरालाई यसअघि सोमबार भैरहवा विमानस्थल हुँदै काठमाडौं ल्याएर सीआईबीको कार्यालय पुर्‍याउँदा पनि सीआईबी अधिकारीले प्रारम्भिक बयान लिन खोजेका थिए। त्यतिबेला महरासँग छोटो संवाद मात्र भएको थियो।

निकै थकित देखिएका महराले त्यतिखेर खुलेर बोलेनन्। तर उनले आफू माथि लगाइएको आरोपको भने खण्डन गरे।

सीआईबीका अधिकारीहरूसँग उनले आफूलाई यस विषयमा थाहै नभएको र दसौँ वर्ष पहिलेको कुरा याद पनि नभएको भनेर टार्न खोजे।

‘चिनजानको हिसाबले कसैसँग फोन सम्पर्क भयो। फोन सम्पर्क भएकै भरमा मैले सुन तस्करी गरेको भन्ने हुन्छ रु’, महराले सीआईबीका प्रहरी अधिकारीहरूसँग प्रतिप्रश्न गरेका थिए।

छानबिन समितिले पनि यसअघि सीआईबीले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेकै विषयलाई आधार बनाएर निर्देशन गरेको सीआईबी स्रोतको दाबी छ।

‘प्रतिवेदनमा पनि खासै नयाँ कुरा केही छैन। महराको विषयमा पहिले सीआईबीले गरेकै कुराहरूको विस्तार गरेर पठाएको छ। खास प्रमाण र ठोस कुरा छैन’, सीआईबीका अधिकारीले भने।

महराबारे सीआईबीको विवरण
चिनियाँ नागरिकले तस्करी गरी ल्याएको सुन प्रकरणमा महरा र उनका छोरा राहुल संलग्न रहेको प्रतिवेदन यसअघि नै सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

सीआईबीले महरा बाबुछोराको संलग्नता देखाए पनि मुद्दा चलाउन आँट गरेन। त्यतिबेला यही विषयमा सरकारी वकिल र सीआईबीका प्रहरी अधिकारीबिच लामै रस्साकस्सी चलेको थियो।

सरकारी वकिलले सीआईबीलाई ‘महराको संलग्नता हो भने प्रतिवादी बनाउनुस्, होइन भने चार्टमा किन संलग्नता देखाउनु भएको रु’ भनी सोधेका थिए।

तर सीआईबीले चार्टबाट महराको नाम पनि हटाएन र महरा बाबुछोरालाई प्रतिवादी पनि बनाएन।

सुन तस्करसँग महरा बाबुछोराको सम्पर्क र संलग्नताबारे सीआईबीले तयार पारेको रेखाचित्र सार्वजनिक भएपछि सार्वजनिकरुपमा व्यापक आलोचना भयो। त्यसबखत गृहमन्त्री नारायणकाजी श्रेष्ठ थिए। उनले माओवादी नेता तथा तिनका परिवारलाई छानीछानी जोगाएको आरोप लागेपछि छोरा राहुल महराविरुद्ध निकै पछि पूरक अभियोगपत्र लगिएको थियो। उनी हाल पुर्पक्षका लागि कारागारमा छन्।

छोरा कारागार जाँदा कागज मात्रै गरेर छुटेका बाबु कृष्णबहादुर भने जाँचबुझ आयोगको प्रतिवेदनपछि मात्रै कारबाहीको दायरामा आउन लागेका हुन्।

चिनियाँ नागरिकले दुबईबाट तस्करी गरी ल्याएको ९ किलो ११।५२४ ग्राम सुन भन्सार कार्यालयले २०७९ पुसमा समातेको थियो। तस्करहरूले भन्सारका कर्मचारीको मिलेमतोमा भेपमा लुकाएर ल्याएको सुन चोरेर सो स्थानमा भेप नै राखिदिएका थिए।

भन्सारले सुरुमा पक्राउ गरेपछि चिनियाँ नागरिकले सिगरेट नै भएको दाबी गर्दै छुटाउन विभिन्न व्यक्तिमार्फत दबाब दिएका थिए। महराका बाबुछोराले पनि यही दबाब दिएको यसअघिका प्रतिवादीहरूले बयान नै दिइसकेका छन्।

चिनियाँ नागरिकहरू लुइ र दावजिङ वाङसँग कृष्णबहादुर महराको पटकपटक सम्पर्क देखिएको थियो। कृष्णबहादुर महरा र राहुल महरा भन्सार अधिकृतको बयानमा पनि जोडिएका थिए। भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले बयानका क्रममा उक्त सुनको बारेमा महराका बाबुछोराले नै चासो राखेको बयान दिएका थिए।

अधिकृत श्रेष्ठले कृष्णबहादुर महराले आफूलाई टेलिफोन गरी भन्सार जाँचपास गरिदिन भनेको बयान दिएका थिए। यही विषयमा छोरा राहुलले पनि फोन गरेको उनको बयान थियो।

तर यसरी संलग्नता खुलाए पनि मुद्दा नचलाएपछि सीआईबीका प्रमुखसहित अनुसन्धान अधिकृतहरूमाथि नै जाँचबुझ आयोगले प्रश्न उठाएको छ।

आयोगको प्रतिवेदनपछि सीआईबीका प्रमुख किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीहरू रुगम कुँवर र दुर्गा दाहाललाई सीआईबीबाट प्रहरी प्रधान कार्यालय तानिएको छ।

सीआईबीको प्रमुखमा एआईजी श्यामलाल ज्ञवालीलाई पठाइएको छ। अब महरामाथि थप अनुसन्धान ज्ञवालीकै नेतृत्वमा अगाडि बढ्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com