ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीसँग ५० वर्ष र प्रचण्डसँग ४० वर्षदेखिको सम्वन्ध छ, पुराना कुरा अब विर्सेंः माधव नेपाल


एबीसी न्यूज
चैत्र ३, २०८० शनिबार   ४ : ०२   बजे

काठमाडौं ३ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीसँगको आफ्नो सम्बन्ध ५० औँ वर्ष पुरानो भएको भन्दै देश निर्माणमा लागेपछि पुराना कुराहरूलाई बिर्सिएर हिँड्नुपर्ने जिकिर गरे।

नेता नेपालले ‘प्रचण्डसँग ४० वर्षदेखि सम्बन्धमा थियौँ। केपी ओलीसँगको सम्बन्ध पनि हिजो आजको होइन। ५० वर्षको सम्बन्ध हुँदै आएको,’ नेपालले अघि भने, ‘यी सबै हिसाबले पुराना कुरा बिर्सेर नयाँ ठाउँमा जान दिऔँ। फेरि चुनावमा यो देश नजाओस भन्ने अवस्थालाई हेर्दै हामी नयाँ समीकरणलाई स्वीकारेर हिँडेका हौँ।’

अहिलेको सत्ता समीकरणमा संख्याले सबै कुराको निर्धारण हुने भएपछि नयाँ गबन्ध्न बनेको पनि उनले बताए।देश चुनावमा नजाओस् भन्ने अवस्थालाई हेरेर आफ्नो पार्टी नयाँ सत्ता समीकरणमा समावेश भएको बताएका छन्। शनिबार काभ्रे जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नयाँ गठबन्धनका बारेमा प्रश्न उठेको समेत बताए ।

नेपालले सत्ता समीकरणमा समावेश हुनका लागि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष आग्रह गरेको दावी गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशमा प्रतिगामी र राजतन्त्र ल्याउने प्रयत्न भइरहेको भन्दै त्यसको विरुद्धमा कम्युनिस्ट विचारधारा बोकेका शक्तिहरू एकजुट हुनुपर्ने बताए।

 

‘फेरि चुनावमा यो देश नजाओस भन्ने अवस्थालाई हेर्दै हामी नयाँ समीकरणलाई स्वीकारेर हिँडेका छौँ,’ अध्यक्ष नेपालले भने।

नेता नेपालले ‘अहिलेको समीकरणमा संख्याले नै सबै कुराको निर्धारण गर्नेपछि, पटक पटक आग्रह गरिएको छ भने एकीकृत समाजवादीका नेताहरू किन घमन्डी हुनु, कम्युनिस्ट नै आएर मिलौं भन्छन् भने आ आफ्नो पार्टी बलियो बनाउने कुरा त छँदै छ, देश बनाउने कुरामा कमसेकम मिलेर जाऔँ भन्ने भएपछि हाम्रो पार्टी नयाँ गठबन्धनमा सहभागी हुने निर्णय गर्यौँ,’ उनले थप प्रष्ट पार्दै भने।

नयाँ गठबन्धनले साझा कार्यक्रम, विचार र नीतिमा सहमति, कार्यक्रममा एक धारणा बनाउने भनेर दस्तावेज बनाएको पनि बताए।

‘न्युनतम नीति, प्राथमिकता र साझा संकल्प’ नामक उक्त दस्तावेज शनिबार प्रधानमन्त्रीलाई नेताहरूले बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Auto Draft

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

सम्बन्धित

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group