ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाडे ओखरको बिरुवा दाँते भएपछि…


एबीसी न्यूज

काठमाडमै २ चैत । कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा पहिलोपटक परीक्षणस्वरुप ओखरमा ‘टप ओर्किङ’ गरेको छ । हाडे ओखरलाई दाँतेमा परिणत गर्न यो प्रविधि अपनाइन्छ । हाडे ओखरको बोटको माथिल्लो भाग काटेर यसको बोक्रामा दाँते ओखरको सानो हाँगा जोडिने जनाइएको छ । बिरुवाको पालुवा पलाउनुभन्दा अगाडि यस्तो कार्य गरिसक्नुपर्ने कृषि प्राविधिकले जनाएका छन् ।दाँते भनी लगाएका ओखर हाडे निस्किएको जनाउँदै किसानले गुनासो गर्न थालेपछि केन्द्रले ‘टप ओर्किङ’ गर्न सुरुआत गरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए।

उनले परीक्षण स्वरुप ५० टप ओर्किङ गरिएको निमित्त प्रमुख अवस्थीले बताए । सुक्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीमा कार्यरत प्राविधिक हरिस पाण्डेको सहयोगमा ओखरमा टप ओर्किङ गरिएको हो । दिपायल सिलगढी नगरपालिका सहित आदर्श र सायल गाउँपालिकामा टप ओर्किङ कार्य गरिएको ज्ञान केन्द्रले जनाएको छ । सो कार्य सफल भएमा ज्ञान केन्द्रले आफ्नो वार्षिक कार्यक्रममा समेटी जिल्लामा यो कार्य विस्तार गरिने कार्यालय प्रमुख अवस्थीले बताए । यसरी टप ओर्किङ गरिएको सफल भएमा दुई हप्तासम्ममा जोडिएको हाँगामा पालुवा पलाउने पाण्डेको भनाइ छ ।

यस्तो कार्य गर्न ओखरको बिरुवाको मोटाइ दुई हातले समात्न मिल्ने हुनुपर्छ । धेरै मोटाइ भएको ओखरमा यो कार्य गर्न सम्भव हुँदैन । नब्बे एमएम सम्म मोटाइ भएको ओखरमा टप ओर्किङ गर्न सकिने कृषि प्राविधिक बताउँछन् । टप ओर्किङ परीक्षण कार्य सफल भएमा किसान लाभान्वित हुने छन् ।

यस्तो कार्य बैतडी, मुस्ताङलगायतका जिल्लामा सफल भएको पाइएको छ । नेपालमा ओखरको खेती समुद्री सतहबाट ९०० मिटरदेखि तीन हजार ५०० मिटरसम्म गर्न सकिन्छ । बिजु ओखरको बिरुवाले पाँचदेखि छ वर्षबाट उत्पादन दिन सुरु गर्दछ भने कलमीले एक–दुई वर्षमै फल दिन सुरु गर्छ । प्रतिकेजी ६०० देखि ७०० पर्ने ओखरको बोटले सामान्यतया ५०–६० वर्षसम्म फल दिन्छ । लगाएपछि धेरै मिहिनेत गर्नु नपर्ने र बजार मूल्य राम्रो भएका कारण पनि ओखर खेतीप्रति किसानको आकर्षण बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com