ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री गिरी- नियामक निकायको कमजोरीले सहकारीमा समस्या आयो


एबीसी न्यूज

काठमाडौं १ चैत । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारी संस्थाहरुको नियामक निकायको कमजोरीले सहकारीमा समस्या देखिएको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा बिहीबारबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सरकारको नियमन कार्यशैलीमा प्रश्न उठाएका हुन् ।

बैंकहरुलाई नियमन गर्ने राष्ट्र बैंक रहेको जस्तै सहकारीको नियमन गर्ने निकाय पनि आवश्यक भइसकेको मन्त्री गिरीले बताए । पारदर्शिताको अभावले पनि केही सहकारीमा समस्या आएकाले सहकारीलाई पूर्णरुपमा प्रविधियुक्त बनाउनुपर्नेमा उनले जोड दिए ।

मन्त्री गिरीले भने, ‘प्रविधिलाई सम्पूर्णरुपमा आत्मसाथ गर्न सकेनौं भने हामीले पारदर्शिता कायम गर्न सक्दैनौं, सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्दैनौं । जब पारदर्शिता हुँदैन र सेवा प्रवाह प्रभावकारी हुँदैन भने आम मानिसको यसप्रतिको विश्वास पनि रहन सक्दैन । अहिले जेजति ढंगले विभिन्न समस्याहरु आइराख्या छन्, यो पारदर्शिताको कमी मुख्य कारण हो भन्ने म ठान्छु ।’

पारदर्शिता कायम गर्न नसके भविष्यमा अहिलेकाभन्दा पनि ठूला चुनौतीहरु आउने चेतावनी उनले दिए । ‘कम्तिमा पनि सहकारीका प्रत्येक सदस्यहरुले मेरो संस्थाले के गरिराख्या छ भन्ने कुरा प्रत्येक दिन जानकारी पाउने गरी हामीले प्रविधिसँग जोड्न सकेनौं भने सहकारीका सदस्यहरु आफ्नो संस्थाप्रति आश्वस्त बन्न सक्ने अवस्था रहँदैन ।

त्यसकारणले हामीले प्रविधिमैत्री मात्र होइन प्रविधियुक्त बनाएर लिएर जानुपर्छ,’ उनले भने, ‘यसमा कुनै इफरबट छ भन्ने मलाई लाग्दैन । यदि हामी यो कुरा आत्मसाथ गर्न सकेनौं भने अरु ठूला ठूला प्रश्नहरु हाम्रो अगाडि आउन सक्छन् । हामी योभन्दा भयंकर ठूलाठूला चुनौतीहरु सामना गर्नुपर्ने ठाउँमा आउन सक्छौं ।’

सहकारी संस्थाबाट ऋण लिने व्यक्ति सुविधासम्पन्न गाडी चढेर हिँड्ने तर ऋण दिने व्यक्ति थुनिनुपर्ने अवस्था रहेको भन्दै उनले ऋणीले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्नुपर्ने बताए । ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री गिरीले कतिपय ऋणीका कारण पनि सहकारी संस्थाहरु समस्यामा परेको बताए ।

उनले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने धारणा राखे । ‘सबैलाई जेल पठाएर समस्याको समाधान हुँदैन, यस्तो कार्यले हामीले ठूलो समस्या भोग्नु पर्ने हुन्छ, बेलैमा सचेत बन्नुपर्छ,’ उनले भने, ‘सहकारी क्षेत्रमा केही व्यक्तिले गलत गर्यो भन्दैमा सबैलाई लज्जित गर्नु हुँदैन, यो अवस्था हुँदा सरकार कहाँ थियो,’ उनले प्रश्न गर्दै भने, ‘ऋण खाने प्राडोमा र ऋण दिने जेलमा छन्, सहकारी र बैंकबाट ऋण लिएर छोराछोरीलाई अमेरिका र अष्ट्रेलिया पठाउने अनि अहिले समस्या आयो भनेर सञ्चालकलाई गाली गर्ने ?

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com