ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समानुपातिक सांसदहरु विरुद्धको रिट संवैधानिक इजलासबाट खारेज


एबीसी न्यूज

काठमाडौं १ चैत । सबैजसो दलका समानुपातिक सांसदहरुलाई पदमुक्त गरी नयाँ चयन गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा दायर रिट निवेदन खारेज भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार रिट निवेदन खारेज हुने निर्णय सुनाएको हो । तर उसले त्यसक्रममा केही निर्देशनात्मक आदेश जारी हुने आदेश गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले सामूदायिक सांसदहरुको योग्यतामा प्रश्न उठाई दायर भएको रिट निवेदन खारेज भएको बताए । ‘इजलासले नै रिट निवेदन खारेज हुने निर्णय सुनाएको हो, त्यसक्रममा केही निर्देशनात्मक आदेश जारी भएको छ,’ उनले भने, ‘निर्णयको पूर्णपाठ तयार भएको छैन । पूर्णपाठ आउँदा नै त्यसमा के कस्तो निर्देशनात्मक आदेश छन् भन्ने थाहा होला ।’

सिमान्तकृत, पिछडिएको र राजनीतिको मूल प्रवाहमा समाहित हुन नसकेकाहरुलाई समानुपातिक प्रणालीको उम्मेद्वार बनाउनुपर्नेमा लामो समय राजनीतिमा सक्रिय रहेका, प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने हिम्मत नराखेका अनि पहुँचवालाहरु समानुपातिक सूचीमा बसेको र निर्वाचित भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।

बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने सहित अधिवक्ता रविन शर्माले रिट निवेदनमार्फत प्रमुख दलका कतिपय समानुपातिक सांसदहरु अयोग्य भएकाले उनीहरु निर्वाचित भएको निर्णय खारेज गरी नयाँ निर्वाचित गर्नुपर्ने माग राखेका थिए ।

निर्वाचित सांसदहरुले करिव एक वर्षभन्दा बढी समयदेखि काम गरेकाले उनीहरु निर्वाचित भएको निर्णय बदर गर्दा अराजकता हुने र व्यवहारिक नहुने भन्दै इजलासले रिट खारेज भएको निर्णय सुनाएको बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बताए । उनले भने, ‘नियुक्ती भएको एक वर्ष बितिसकेको छ, एक वर्षपछि त्यसलाई बदर गरेर फेरि अर्को निर्वाचित गर्नु भनेर आदेश दिँदा अराजकता पनि हुनसक्छ भनेर निवेदन खारेज भएको कुरा इजलासले सुनायो ।’

समानुपातिक निर्वाचन प्रणालीमा विकृती देखिएको र दलहरुले पहुँचवालाहरुलाई समानुपातिक सांसद बनाएको भन्दै २१ पुस, २०७९ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । एक महिनापछि नै सुनुवाई गरेको सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरी मुद्दालाई अग्राधिकार ९प्राथमिकतामा राख्ने० दिने आदेश गरेको थियो ।

२७५ सिट रहेको प्रतिनिधिसभामा ४० प्रतिशत अर्थात ११० जना सांसदहरु समानुपातिक प्रणालीबाट चयन हुन्छन् । सामाजिक न्यायको सिद्धान्त अनुसार समानुपातिक सूची चयन गर्नुपर्नेमा दलहरुले त्यसको उल्लंघन गरी मनोमानी रुपमा सांसदहरु चयन गरेको भन्दै योग्यतामा प्रश्न उठ्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com