ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदहरुको रोचक र घोचक प्रश्नहरुमाथि प्रचण्डको आक्रामक हमला !


ABC News

काठमाडौं ३० फागुन । विश्वासको मतमाथिको छलफलको क्रममा राजनीतिक दलका नेता तथा स्वतन्त्र सांसदहरुले उठाएका व्यंग्यात्मक तथा ठाडो आलोचुनावमा जबाफमा प्रधानमन्त्री प्रचण्ड आक्रामक रुपमा प्रस्तुत भए । सामान्यतया विश्वासको मत लिंदा सांसदलाई रिझाउने प्रधानमन्त्रीको परम्परागत प्रवृतिलाई प्रचण्डले बदलि दिएका छन् ।
संसदमा निर्वाचित स्वतन्त्र सांसद र साना दलका सांसदहरुले बोल्ने जम्मा ५ मिनेटको सीमाले गम्भीर विषयको प्रवेश नहुंदै रातो बत्ती बल्छ ।अनि काटिन्छ । प्रधानमन्त्रीले विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा राजेन्द्र पाण्डेको बोल्दै गरियो माइक काटियो । त्यो प्राविधिक समयविभाजनसम्वन्धी प्रावधान अन्तर्गत थियो । तर पाण्डेको अभिव्यक्ति सैद्धान्तिक रुपले माइक अफ गर्नु पर्ने खालको थियो । पाण्डेका नेता माधव नेपालले प्रचण्ड–ओलीको कोटेश्वरमा नेपाल निवास पुगिदिइएपछि उनीहरुका पछि लागिहालेका थिए । तर उनको दलका १०जना मध्ये पाण्डे र मेटमणि चौधरीको व्याट्री अर्कैतिर रन्किइरहेको थियो । पाण्डेले वाम गठबन्धन अर्थात् २०७७ फागुन २३ भन्दा अघिको अवस्थामा राजनीति फर्कने सम्भावना गोचर मात्र भएको घटनामा पनि खुशी व्यक्त गर्नुपर्ने थियो । तर पाण्डेले ओलीप्रतिको तुष प्रचण्डमाथि खन्याएर संसदकै अवमूल्यन गरेका थिए भन्नमिल्छ । प्रचण्डले पाण्डलेलाई नाम नलिइकन जबाफ थिए,– प्रतिपक्षको खुब तालि खानुभयो, अप्ठेरो छ भने हामीलाई समर्थन गर्न गाह्रो छ भने, समर्थन गर्न सकिंदैन भने भइहाल्यो नि ।

संसदमा ३ दिन पहिले र बुधबार दुवै दिन नेपाली कांग्रेसले सवैभन्दा खंदिलो प्रस्तुती दिएको छ । रमेश लेखक र विश्व प्रकाश शर्माले जुन तर्क र तथ्य तथा आफ्नो राजनीतिक आस्थाका आधारमा संसदमा देखिनैपर्ने व्यवहार देखाए भन्न अप्ठेरो मान्नु पर्दैन ।कांंग्रेसले संसदमा अघि सारेका पात्रहरुको चयनबाट गगन थापा एण्ड कम्पनीलाई भने राम्रैसँग ठेगान लगाइदिएका छन् ।

एउटै माघले जाडो’ नजाने भन्दै प्रधानमन्त्रीले चेतावनीकै शैलीमा भनेका छन्, ‘गाली गरेपछि सबै समस्याको समाधान हुन्छ भन्ने हो कांग्रेसको?’
सांसदहरुले उठाएका प्रश्नको जबाफमा प्रधानमन्त्री प्रचण्डले के के भने त?

कुनै पनि धम्कीले प्रचण्ड डराउँछ ? हिजो सबै मिलेर टाउको काट्न लागेकै होइन ? ठूला पार्टीजति सवै मिलेर माओवादीलाई देखाइदिने मन भए मिले हुन्छ ।ठूला दलहरु हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो, आज पनि भनियो’ । ‘मेरो त कामना छ, तपाईँहरु मिल्नुस् । तपाईँहरु सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा संविधानको पक्षमा, राष्ट्रियता सुदृढीकरणको पक्षमा लडिरहन्छ ।’‘हिजो त तपाईँहरु सबै मिलेर टाउको काट्न खोजैकै हो नि त ।’ ठूलाहरु दल मिल्दैमा प्रचण्ड डराउँदैन ।
एकातिर प्रश्न उठेको रबिलाई किन गृहमन्त्री बनााइयो भन्ने अनि उसलाई प्रधानमन्त्री बनाउन गौंडा कुनै कांग्रेसको डवल स्ट्याण्डर्ड को तरिका के हो ? यहाँ पूर्व प्रधानमन्त्री केपी ओलीजीले बोल्दै गर्दा बोली नचल्ने भाषा एउटा मर्मका साथ प्रयोग गर्नुभयो । उतापट्टी माननीय पूर्वप्रधामन्त्री शेरबहादुर देउवाले अब बोल्ने हो भन्नुभो ।’

‘बोल्नुस्, म भन्छु, बोली फुकाउनुस् । बनाउनुस् सहकार्य,’ माओवादी केन्द्र, प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दबावमा पर्छ भन्ने भ्रम नराख्नुस् ।’

आफूलाई फाइदा हुन्छ, राजनीतिक रुपमा हित हुन्छ भने मिल्न र त्यस्तो हुँदैन भन्ने लागेमा गठबन्धन छोड्न हरेक दल स्वतन्त्र छन् ।
नयाँ गठबन्धन राजनीतिक कारणले बनेको हो । मलाई यति बेला यसरी सजिलो पर्दछ भन्ने लाग्यो । यो सोचविचार गरेर नै स्वतन्त्र रुपमा चालिएको कदम हो ।
कांग्रेलाई त मैले भनेकै छु । तपाईहरुभित्रको विवाद युद्धविराम मात्र होइन । शान्तिमै परिवर्तन होस् भन्ने चाहन्छु ।
माक्र्सवादको नययम छ । निषेधको निषेध भने जस्तै पहिले हामी एमालेको समर्थनमा नै प्रधानमन्त्री भएको हो । त्यो त्यतिबेला निषेध भयो । बीचमा मिलने कांग्रेस आइपुग्यो, त्यसको पनि निषेध भएर यतिबेला हाइअर लेभलको एकताका साथ मिलिइएको छ ।
अन्तत भेडा भेडासँग र बाख्रा बाख्रासँग भन्ने त हुन्छ नै ।
तर तपाईहरुका कुरालाई मैले गम्भीरतापूर्वक लिनेछु । मेरो कुरार्लाई पनि तपाईहरु सबैले गम्भीरपूर्वक लिनुहुनेछ । मैले मेरो जीवन मा ठूल्ठूला जोखि लिंदै आएको छ ।
अरु नेताले के के भने ?
संसदमा सत्ता गठबन्धनको मुख्य दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले ले पहिले पहिले कांग्रेसले संसदमा देखाएको तमासका फेहरिस्त सुनाए । रोचक तरिकाले गठबन्धन हामीले बनाएको हो, किन अरुले बनायो भनेर हामीलाई जस नदिएको भन्दै वाम गठबन्धन चीनले बनाएको भन्ने प्रचारको रोचक तरिकाले खण्डन गरेका थिए ।

एकदम बाचा बन्धनमा अडिएको, इमानै इमानको खानी, बेइमानी भन्ने गर्दै नगरेको नेपाली कांग्रेस भन्दा अचम्म लागेर आश्चर्य मात्रै व्यक्त गरेको,’ ओलीको कटाक्षसहितको भाषा थियो, ‘गाउँघरतिर यस्तो कुरा गर्दा बाउलो तान्ने भन्छ होस गराउनलाई। मैले यसो बाउलो तानिदिएको मात्रै।’

‘व्यक्तिगत आक्रमण गर्न चाहन्नँ। राजनीतिक विषयको प्रतिवाद राजनीतिक तरिकाबाटै हुनुपर्छ। कांग्रेसबाट पनि त्यही अपेक्षा गर्छु। एउटै माघले जाडो जाँदैन,’ प्रधानमन्त्रीले भनेका छन्, ‘हामी शान्ति सम्झौताका सहयात्री हौँ, लोकतान्त्रिक गणतन्त्रका सहयात्री हौँ, राष्ट्रिय मुद्दामा अझै सहकार्य गर्नुछ, नबिर्सौँ।’

ओलीले कांग्रेसले एक वर्षअघि दुई महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता नलागेको अहिले के अस्थिरता भएको भन्दै प्रश्न गरे।

‘पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता लागेन, अहिले एक वर्ष १४ महिनापछि सरकार परिवर्तन गर्दा के को अस्थिरता भयो? पोहोर अस्थिरता भएको थिएन त? पोहोर साल दुई महिना पनि नपुगिकन शान्त, स्थिर भइकन सरकार परिवर्तन गरेको होइन?’, उनले भने।

रास्वपा स्वार्णिम वाग्लेले प्रधानमन्त्रीले विकास र सुशासनको लिगेसी छाडनकै लागि गठबन्धन परिवर्तन गरेको दलिल गर्दैै रमेश लेखकले आइतबार संंसदमा उर्दू शायर गालिबको भारतीय लोकसभाको पुरानो शायरी कपी गरेको भन्दै तथ्यसहित व्यंग्य गरे । वाग्लेका अुनसार गालिको शायरी काफिला क्युं लुटा भन्ने कुरा नेहरुका विरुद्ध पनि प्रयोग भयो, अटल विहारी बाजपेयीले एक सन्दर्भमा प्रयोग गरे, मोदीको कार्यकालमा पनि लोकसभामा पै्रयोग भयो भन्दै उनले व्रिटिश प्रधानमन्त्री विस्टन चर्चिल लगायतका विश्व नेताहरुको

सन्दर्भ उल्लेख गरेका थिए । हामी बिगार्न, भत्काउन, तोड्न, उखेल्न आएको होइन, हाम्रो प्रवेश सशर्त छ, हामी काम गर्न आएका हौं, काम देखाउन आएका हौं’, उनले भने, ‘प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौं, प्रश्न गर्‍यौं । अब सरकारबाट डेलिभर गर्न सकिन्छ कि भनेर आएका छौं ।’

वाग्लेले अगाडि भने, ‘सुशासन र युवाकेन्द्रित मन्त्रालयहरु रोजेरै लिएका छौं, गर्न नसकेका दिन आफैं बाहिरिन्छौं, प्रधानमन्त्रीज्यूलाई सजिलो बनाइदिन्छौं, उहाँले हामीलाई गलहत्याउन पर्दैन ।’

रास्वपालाई अहिले नै सरकारमा नगएको भए हुन्थ्यो, पुराना दलहरुसँग सहकार्य नगरेको भए हुन्थ्यो भन्ने सुझाव आएको भन्दै उपसभापति वाग्लेले राजनीतिमा अनुभव र नयाँपन दुबैथरिको उत्तिकै महत्व हुने जवाफ दिए ।

भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीलगायत विश्वका विभिन्न नेताको उदाहरण दिँदै उनले सरकारको नेतृत्व गर्न मन्त्री भएर अनुभव लिँदा फाइदा हुने आशय व्यक्त गरे ।

‘फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी साथीले चासो राख्न सक्नुहुन्छ तर सन्तुलन कसरी मिलाउने भन्ने कुरा हाम्रो आन्तरिक पार्टी मेकानिजमलाई छाडिदिनुहोला’, वाग्लेले भने ।

राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भन्दै उनले चेस खेल्न बसेपछि गोटी चाल्नैपर्ने बताए ।

‘चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ, उँट, घोडा, हात्ती, रानी, पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेक मेट गर्ने अवस्थासम्म हामी पुग्न चाहन्छौं’, वाग्लेले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com