ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली-प्रतिपक्षमा कांग्रेसले परिपक्वता देखाओस्


एबीसी न्यूज

काठमाडौं ३० फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्ष र प्रतिपक्ष दलहरुका लागि अस्थायी भूमिका भएको भन्दै मुलुकका समस्या समाधानमा रचनात्मक बन्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै ओलीले कांग्रेसलाई परिपक्वता देखाउन आग्रह गरेका हुन् ।

‘हामी साच्चै रचनात्मक प्रतिपक्ष, सिर्जनात्मक सहिष्णु र उदार सत्ता पक्ष भएर चल्नुपर्छ । कांग्रेस अस्ति सत्ता पक्षमा हुँदा त्यो भूमिकामा कमी भयो’, ओलीले भने, ‘त्यो रियलाइज गर्दा पनि हुन्छ । अहिले प्रतिपक्षमा यत्तिको छिप्पिएको कांग्रेसले म्याचुरिटी देखाउनुपर्छ ।’

उनले मुलुक आर्थिक मन्दीको अवस्थामा रहेको भन्दै समस्या समाधानमा एक ठाउँमा आउनु पर्ने आवश्यकता औंल्याए ।

‘को सरकारमा छ भन्ने कुरा अस्थायी हो । घाम जुन रहुञ्जेल, कोही दश बीस वर्ष रहँदैन । भएका बेला सकेसम्म राम्रो काम गर्ने हो । रचनात्मक बनोस् भन्ने मेरो कामना हो’, ओलीले भने ।

उनले मुलुकको आर्थिक समस्या सहज बनाउन र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन कांग्रेसको सहयोग मागे । कांग्रेस नेताहरुले एमालोक कारण संक्रमणकालीन न्यायसम्बन्धी ऐन प्रतिनिधिसभाबाट पारित हुन नसकेको आरोप लगाइरहेका बेला ओलीले विगतमा आफू प्रधानमन्त्री हुँदा कांग्रेसले सहयोग नगरेको आरोप लगाए ।

‘म प्रधानमन्त्री हुँदा टुंग्याऔं भन्दा नुटुंग्याएको कसले रु अनि सभापति कसका भए आयोगमा रु काम नगरेको कसले रु काम नगर्न तिनलाई निर्देशन मैले दिएको हो र रु’, ओलीले भने ।

संसदमा विचाराधीन बेपत्ता पारिएका ब्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयकमा एमालेको धारणा विगतदेखि नै एउटै रहँदै आएको दाबी गरे ।

‘लगातार मैले एउटै कुरा भनिरहेको छु । राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले जे भन्नुभयो त्यही कुरा भनिरहेको त हो । प्रायः कुरा टुंगिसकेका छन् । अब एक दुई कुरा छन् । टुंग्याऔं’, ओलीले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com