ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली- कांग्रेसले इमानको कुरा गर्दा आश्चर्य लाग्यो


एबीसी न्यूज

काठमाडौं ३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरुलाई बेइमान भन्नुअघि आफ्नो विगत सम्झिन आग्रह गरेका छन् । कांग्रेसले गठबन्धन बदल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयलाई राजनीतिक बेइमानी भनेको छ ।

बुधबार संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको समर्थन गर्दै ओलीले कांग्रेसले धोका भएको भनेकामा आश्चर्य लागेको बताए ।

‘नेपाली कांग्रेसले रोस्ट्रममा उभिएर जुन इमानको कुरा गर्‍यो त्यसले अचम्म लाग्यो । कसरी भन्न सकेको होला, ढुक्कैले रु’, ओलीले भने, ‘एउटा औला अरुलाई देखाउँदा अरु औला आफूतिर फर्किन्छन् भन्ने बिर्सिनु हुँदैन ।’

ओलीले आफूलाई कांग्रेससँग भनाभन गर्न मन नलागेको भन्दै आफूलाई इमानको खानी र वाचा बन्धनमा अडिएको नठान्न आग्रह गरे । ‘साह्रै वाचावन्धनमा अडिएको, इमानै इमानको खानी, बेइमानी भनेको थाहै नपाएको, गर्दै नगर्ने, देख्दै नदेखेको भन्दा आश्चार्य मात्रै व्यक्त गरेको’ ओलीले भने ।

ओलीले संविधान निर्माणपछि आफ्नो नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको अवस्थामा कांग्रेसले धोका दिएको स्मरण गरे ।

‘०७० सालको चुनावपछि नेपाली कांग्रेसको बहुमत थिएन । तर हाम्रोभन्दा दुई सिट भए पनि बढी थियो, त्यसैले उसले प्राथमिकता पाओस् । नेपाली कांग्रेसको नेता प्रधानमन्त्री हुनुहोस्, त्यसपछि हामी बनौंला भनेर मैले नै भनेको थिएँ’, उनले भने, ‘‘ पछि त सहमति पालना गर्नु कता हो कता । प्रधानमन्त्रीमा० प्रस्ताव गर्नुहोला भनेको त आफै उम्मेदवार हुन पुग्नुभयो ।’

२०७२ असोजमा संविधान जारी भएपछि प्रमुख दलहरुबीच एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने सहमति भएकामा कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाले उम्मेदवारी दिएका थिए । यद्यपि ओली नै प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com