ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै


एबीसी न्यूज

काठमाडौं ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा बुधबार विश्वासको मत लिँदै हुनुहुन्छ । २०७९ सालको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको यो तेस्रो पटक हो । सत्ता गठबन्धन फेरबदलका कारण प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

विश्वासको मत लिनेबारे प्रधानमन्त्रीले संसद् सचिवालयमा यसअघि नै लिखित पत्र पठाइसक्नु भएको छ । सरकारमा सहभागी नेपाली कांग्रेसले समर्थन फिर्ताको निर्णय गरेपछि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो ।

निर्वाचनपछि पहिलो पटक नेकपा ९एमाले० सँगको गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका प्रचण्डले २०७९ पुस २६ गते विश्वासको मत लिनुभएको थियो । उहाँले मतदानमा सहभागी २७० मध्ये २६८ मत पाउनुभएको थियो । गठबन्धनको विपक्षमा रहेको तत्कालीन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । एमालेसँगको सहकार्य तोडेर करिब तीन महिनामै कांग्रेससँग गठबन्धन भएपछि एमालेले समर्थन फिर्ता लिएको थियो । त्यसपछि प्रधानमन्त्रीले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिनुभएको थियो । दोस्रो पटक प्रधानमन्त्रीले १७२ मत पाउनुभएको थियो । विपक्षमा ८९ मत परेको थियो ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेलगायत पाँच दलको समर्थनमा प्रधानमन्त्री निरन्तर हुनुभएका प्रचण्डले बुधबार तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीलाई एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, जनता समाजवादी पार्टी ९जसपा० नेपाल, नेकपा ९एकीकृत समाजवादी० को समर्थन रहेको छ । प्रतिनिधि सभाको विश्वासका लागि प्रधानमन्त्रीलाई १३८ मत आवश्यक पर्छ ।

प्रधानमन्त्रीलाई समर्थन गर्ने दलमध्ये एमालेको ७६, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीको १० सांसदलाई मताधिकार छ । तर एमालेका वसन्त नेम्वाङ बिरामी रहेकाले मतदानको सहभागिता निश्चित छैन ।

माओवादी केन्द्रका प्रतिनिधि सभामा ३२ सदस्य छन् । केही साना दल र स्वतन्त्र सांसद विश्वासको मतको पक्षमा भए पनि निर्णय गरिसकेका छैनन् । गठबन्धनबाट प्रधानमन्त्रीलाई १५० मतसम्म प्राप्त हुने सम्भावना छ ।

गठबन्धनमा आबद्ध दलहरूले प्रधानमन्त्रीको पक्षमा मत दिन सांसदहरूलाई निर्देश गरिसकेका छन् । प्रतिनिधि सभाको बुधबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com