काठमाडौ ३० फागुन । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या गरेको आरोपमा छोरा र बुहारी पक्राउ परेका छन् । ५५ वर्षका भरतबहादुरको गएको बिहीवार मध्यरातमा हत्या भएको थियो ।
हत्यामा संलग्न रहेको आरोपमा १७ वर्षका छोरा र ३७ वर्षकी बुहारीलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए। ती युवकले दुई वर्षअघि विवाह गरेका थिए।








प्रतिक्रिया दिनुहोस्