ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीमा रविको ब्रिफिङ- सरकारमा गइसक्यौँ, अब जनताले चाहेको नतिजा दिनुपर्छ


एबीसी न्यूज

काठमाडौं २८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने गरी बनेको पछिल्लो राजनीतिक परिस्थितबारे पार्टीमा ब्रिफिङ गरेका छन्।

गत फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित गठबन्धनमा मिसिएपछि उपप्रधान तथा गृहमन्त्रीका रुपमा दोस्रो पटक सिंहदरबार छिरेका उनले सोमबार पार्टीमा ब्रिफिङ गरेका हुन्।

एमाले र माओवादी सम्मिलित गठबन्धनमा मिसिएर रास्वपा सरकारमा गएकोबारेमा फरक फरक कोणबाट आलोचनात्मक टिप्पणी भइरहेका बेला लामिछानेले आफ्नो कदमको बचाउ गरेका हुन्।

 

‘राजनीतिमा आइसकेपछि अनेक कुराको सामना र सम्झौता गर्नुपर्छ’, उनले सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा भने, ‘सरकारमा जानलाई नै राजनीतिमा आएका हौँ। अब हामीले जनताले चाहेअनुसारको डेलिभरी दिन सक्नुपर्छ।’

सभापति लामिछानेले पार्टी केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा अब मन्त्रीहरूलाई काम गर्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिए।

रविलाई बैठकमा नेताहरूले सरकारमा जाने निर्णयबारे प्रश्न उठाएका थिए। उनीहरूले पार्टी संगठन निर्माणमा होमिने बेला सरकारमा गएर गलत गरेको भन्दै विरोध जनाएका थिए।

नेताहरूले आफ्नो कदमको विरोध गरेपछि रविले सरकरमा जाने निर्णय भइसकेको भन्दै अब काम गर्न दिन आग्रह गरेका छन्।

‘यसका लागि मन्त्रीहरूलाई सहज रुपमा काम गर्ने वातावरण बनाइदिऊँ’, परिवर्तित परिस्थितिबारे रविले ब्रिफिङका क्रममा भने, ‘परिवर्तित परिस्थितिमा हामी सरकारमा गइसकेकाले अब जनअपेक्षा पूरा गर्ने गरी अघि बढ्नुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com