ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई करोड लगानीमा सामुदायिक पुस्तकालय


एबीसी न्यूज

काठमाडौं २८ फागुन । धनकुटाको छथर जोरपाटीमा सामुदायिक बहुउद्देश्यीय पुस्तकालय निर्माण हुने भएको छ । छथर जोरपाटी ६ सिधुवा बजारमा एस।भी।ए। नेपाल रिड नेपाल र छथर जोरपाटीको लगानीमा दुई करोड १२ लाख २९ हजार रुपियाँमा तीन तले सिधुवा छथरजोरपाटी सामुदायिक पुस्तकालय तथा तथा स्रोत केन्द्र बन्न लागेको हो ।

जसमा एस।भी।ए। नेपाल रिड नेपालको एक करोड ६२ लाख र छथर जोरपाटी गाउँपालिकाको ५० लाख २९ हजार लगानी रहने छ । सामुदायिक पुस्तकालय तथा तथा स्रोत केन्द्रमार्फत समुदायमा आधारित व्यावसायिक तथा प्राविधिक सीप विकास गर्न पुस्तकालयमा पुस्तक मात्र नभई तरकारी प्रशोधन, होमस्टे सहित विभिन्न सीपमूलक कार्यक्रम तालिम सञ्चालन गर्ने निर्माण समितिका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वर्षमा तीन सय युवालाई स्वरोजगार बनाउने उद्देश्य छ । तीन वर्षसम्म पुस्तकालय सञ्चालन गर्न रिड नेपालले सहयोग गर्ने र तीन वर्षपछि अपाङ्गमैत्री हुने सो पुस्तकालयमा श्रव्यदृष्य कक्ष, महिला, बालबालिका तथा युवा कक्ष रहने छ ।

कक्ष अनुसारका फरक(फरक सामग्री समेत रहनेछन् । त्यस्तै महिला र पुरुष गरी दुई फरक(फरक सभाहल रहने जनाइएको छ । पुस्तकालय दिगोरुपमा सञ्चालन गर्न पाँच सटर समेत निर्माण गरिने घिमिरेले बताउनुभयो । गत चैत्रमा निर्माण सुरु भएको यो भवनको ९० प्रतिशत काम सम्पन्न भएको छ । अब केही महिना भित्रै निर्माण सम्पन्न भएर पुस्तकालय सञ्चालनमा आउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com