काठमाडौं २७ फागुन । नेपालको विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै धेरै भएको छ। २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९।९ प्रतिशतले वृद्धि भई २०८०
माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको हो।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० माघ मसान्तमा २०।७ प्रतिशतले वृद्धि भई १६खर्ब २३ अर्ब ९२ करोड पुगेको हो।
बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक बाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० माघ मसान्तमा १४।२ प्रतिशतले वृद्घि भई २ खर्ब २१ अर्ब २ करोड कायम भएको छ।
२०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२।६ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८०र८१ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४।७ महिनाको वस्तु आयात र १२।३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।








प्रतिक्रिया दिनुहोस्