काठमाडौं २७ फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले(माओवादीसहितको वर्तमान सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै कायम रहने बताएका छन् । यस्तै सकारात्मक अवस्था रहीरहे भविष्यमा वामपन्थी एकतासमेत हुने उनले बताए ।
प्रेस चौतारी नेपाल कैलालीले आइतबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अहिलेको गठबन्धन विधिसम्मत र सकारात्मक हिसाबले बनेको जिकीर गर्दै कांग्रेससहितको गठबन्धन टुट्नु नै महत्वपूर्ण रहेको बताए ।
नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डा गर्दा एमालेले कुन(कुन मन्त्रालय पायो भन्ने कुरा महत्वपूर्ण नभएको बताउँदै पोखरेलले भने, ‘यही नयाँ गठबन्धनलाई सकारात्मक ढंगले अगाडि बढाउनुपर्छ भनेर लागेका छौं । आवाञ्छित ढंगले खडा गरिएको कांग्रेससहितको गठबन्धन टुट्न सकारात्मक कुरा हो । सरकारमा कुन र कति मन्त्रालय पाउँछौँ भन्ने कुरा महत्वपूर्ण होइन ।’
‘१० पुस २०७९ मा बनेको अहिलेकै गठबन्धन दुर्भाग्यबस टुटेको थियो । तर अहिले हामी फेरी त्यही ठाउँमा पुगेका छौँ । मुलुकलाई सकारात्मक दिशातर्फ लैजान पहल सुरु भएको छ,’ पोखरेलले भने ।








प्रतिक्रिया दिनुहोस्