ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले लेखिका क्यारोलिनको मानहानीको रकम तिर्न ९२ मिलियनको बन्ड जम्मा गरेको दावी


एबीसी न्यूज
फाल्गुन २६, २०८० शनिबार  ६ : १९ बजे

एजेन्सी । डोनाल्ड ट्रम्पले न्यु योर्ककाकी लेखक ई जीन क्यारोलको मानहानिको फैसलालाई सम्वोधन गर्न लगभग ९२ मिलियन डलर बन्ड सुरक्षित गरेको भन्दै सिभिल मुद्दाको अपील गर्दै अदालतमा उनका वकिलहरूले शुक्रबार रकम जम्मा गरेको कागजातहरू देखाएका छन् ।
म्यानहट्टनको संघीय अदालतका न्यायाधीश लुईस कपलानले २६ जनवरीमा क्यारोललाई दिइएको ८३.३ मिलियन अमेरिकी डलरको फैसला कार्यान्वयनमा ढिलाइ गर्ने पूर्वअमेरिकी राष्ट्रपतिको अनुरोधलाई अस्वीकार गरेको एक दिनपछि उनले रकम जम्मा गरेको अदालतमा फाइलिङ बुझाएका छन् । नगद भुक्तान गर्न वा बन्ड पोस्ट गर्ने ट्रम्पको लागि अन्तिम मिति मार्च ११ हो।
ट्रम्पका वकिल एलिना हब्बाले न्यायधिश कपलानलाई ब्याज समेत कभर गर्नको लागि माग गरिएको फैसलाभन्दा बढी भएको बन्डलाई स्वीकृत गर्न आग्रह गरेकी छन् । यदि कपलानले वकिलको अनुरोध स्वीकार गरेमा भने, ट्रम्पले क्यारोललाई अझै बढी रकम तिर्न पर्दैन, तर अझै अपील विचाराधीन छ।
तथापि, यस बन्डको सुरक्षाले ट्रम्पका मुख्य वित्तीय समस्याहरू कम गर्न केही योगदान गर्दैन । किनभने १६ फेब्रुअरीमा म्यानहट्टन सर्वोच्च अदालतका न्यायाधीश आर्थर एन्गोरोनले ट्रम्पलाई न्यूयोर्कका महान्यायाधिवक्ता लेटितिया जेम्सको छुट्टै सिभिल फ्रड मुद्दामा ३५५ मिलियन डलर जरिवना तिर्न आदेश दिइसकेका छन् । जेम्सको कार्यालयकाअनुसार ब्याज सहित ट्रम्पले करिब ४५३ मिलियन डलर तिर्न बाँकी नै छ।
शुक्रबारको घटना ट्रम्पले आफू विरुद्धको अभियोगको लिटानीमा पहिलो आपराधिक मुद्दाको सामना गर्नुधेरै हप्ता अघि आएको थियो। २५ मार्चमा, म्यानहट्टन राज्य अभियोजकहरूको घुस रकम सम्वन्धी आपराधिक मुद्दामा जूरी चयन गर्ने बताइएको छ । जसमा वयस्क फिल्म स्टार स्टोर्मी डेनियल र प्लेब्वाई मोडेल करेन म्याकडोगल मुद्धा पनि समावेश रहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com