ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाण्डवेश्वर मन्दिरमा दर्शनार्थीको भिड


एबीसी न्यूज

काठमाडौं २५ फागुन । महाशिवरात्रिको अवसरमा दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर मन्दिर धारापानीमा पूजा आराधनाका लागि भक्तजन, साधुसन्त तथा दर्शनार्थीको भिड लागेको छ ।

घोराही उपमहानगरपालिका–५ धारापानीस्थित विश्वको अग्लो त्रिशूल रहेको पाण्डवेश्वर मन्दिरमा बिहानैदेखि दर्शनार्थीको चहलपहल बढेको हो । हरेक वर्ष मनाइने महाशिवरात्रिका दिन मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । महाशिवरात्रिको अवसरमा मन्दिरमा बिहानदेखि नै भगवान् शिवको पूजापाठ तथा आराधना सुरु भएको पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद अधिकारीले जानकारी दिनुभएको छ । महाशिवरात्रिको दिन भारतबाट समेत दर्शनार्थीहरू आउने गर्छन् ।

 

समितिका अध्यक्ष अधिकारीका अनुसार महाशिवरात्रिको अवसरमा घोराहीस्थित रणसिङ दलमा कार्यरत नेपाली सेनाको एक समूहले त्रिशूलको अगाडी सलामी समेत अर्पण गरेको थियो । महाशिवरात्रिको अवसरमा मन्दिरमा मेला पनि लाग्ने गर्दछ । पहिले शिवरात्रिको दिनमात्रै मेला लाग्ने गरेकोमा गतवर्षदेखि तीनसम्म मन्दिरमा मेला लाग्ने व्यवस्था गरिएको समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ ।

मन्दिरमा पूजापाठ तथा दर्शनार्थीहरुको सहभागीले हुनसक्ने भिडभाडलाई व्यवस्थित गर्नका लागि नेपाली प्रहरी, ट्राफिक प्रहरीलगायत स्वयंसेवकहरू परिचालन गरिएको समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ । मन्दिरको परिसरमा, भाङ, धतुरोलगायत लागूपदार्थ निषेध गरिएको समितिले जनाएको छ । महाशिवरात्रिका अवसरमा पाण्डवेश्वर मन्दिर धारापानीसहित जिल्लाका अन्य स्थानमा रहेका शिव मन्दिरहरूमा पूजापाठ तथा मेला लाग्ने गर्दछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com