काठमाडौं २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेकामा असन्तुष्टि जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने बताएका हुन् ।
‘आफूसँग हुँदासम्म इमान अरुसँग जानेवित्तिकै बेइमान भन्ने हुँदैन’, प्रचण्डले भने, ‘‘राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएकै हो ।’
आफूले सोच विचार गरेर नै कदम चालेको भन्द उनले आफ्नो कदमलाई इमान र बेइमान भन्दा पनि राजनीतिक मुद्दाका आधारमा हेर्न आग्रह गरे ।
नेपाली कांग्रेसको बिहीबार नै बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्ड राजनीतिक बेइमान भएको निश्कर्ष निकालेको थियो ।








प्रतिक्रिया दिनुहोस्