ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सजिलो छैन नयाँ गठबन्धनलाई प्रदेश सरकार बनाउन


एबीसी न्यूज

काठमाडौं २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण बदलेसँगै प्रदेशमा पनि परिवर्तनको गृहकार्य सुरु भएको छ ।

सोमबार नै नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ । संघको बदलिएको सत्ता समीकरण अनुसार नेपाली कांग्रेसका नेता कार्कीले मुख्यमन्त्रीमा बहुमत गुमाउनेछन् । यद्यपि मुख्यमन्त्री कार्कीले राजीनामा दिएका छैनन् ।

यसको भोलिपल्टै गण्डकी र सुदूरपश्चिमका मुख्यमन्त्रीले नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरे ।

कांग्रेसकै नेता मुख्यमन्त्री रहेको सुदूरपश्चिम प्रदेशमा पनि माओवादीका मन्त्रीहरु बर्खास्तमा परेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले उद्योगमन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरे ।

जबकी गण्डकी र सुदूरपश्चिममा माओवादीसहित दलहरुकै समर्थनमा कांग्रेस नेतृत्वको सरकार बनेको थियो । तर एमालेसँग समीकरण बनेसँगै माओवादीका मन्त्रीहरु बर्खास्तीमा परेका हुन् । कोशी, गण्डकी र सुदूरपश्चिमसँगै लुम्बिनीमा कांग्रेस नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् । अरु प्रदेशमा पनि कांग्रेस सरकारमा छ ।

एकीकृत समाजवादी र नाउपाको साथ अनिवार्य

संघसँगै नयाँ सत्ता समीकरण अनुसार, प्रदेश सरकार परिवर्तनको गृहकार्य सुरु भएपनि सजिलो चाहिँ देखिदैन । केही प्रदेश बाहेक अन्यत्र एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धनले सरकार बनाउन सक्ने देखिँदैन ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । नयाँ गठबन्धनमा रहेका एमालेसँग ४०, माओवादीसँग १३ र जसपासँग १ सांसद छन् । त्यसैले यो प्रदेशमा सजिलै सरकार बन्नेछ । कोशी प्रदेशसभामा कांग्रेससँग २९, एकीकृत समाजवादीसँग ४ र राप्रपाका ६ सांसद छन् ।

१०७ सदस्यीय मधेश प्रदेशमा सरकार बनाउन ५४ सांसद चाहिन्छ । नयाँ गठबन्धनमा रहेका दलहरु एमालेसँग २३, जसपासँग १९ ९स्वतन्त्र निर्वाचित भई पार्टी प्रवेश गरेका सहित० र माओवादीसँग ८ सांसद गरी कूल ५० जना सांसद पुग्छ ।

थप सांसदको समर्थन लिएर नयाँ सरकार बनाउन यो प्रदेशमा नयाँ गठबन्धनलाई जनमत पार्टी, एकीकृत समाजवादी वा लोकतान्त्रिक समाजवादी ९लोसपा० मध्य एकको साथ अनिवार्य चाहिन्छ ।

मधेशमा कांग्रेसका २२, जनमत पार्टीका १३, लोसपाका ९, एकीकृत समाजवादीका ७, नाउपा, राप्रपा र संघीय समाजवादीका एकरएक सांसद छन् भने ३ जना स्वतन्त्र सांसद छन् । मधेशमा जसपाका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । तर जनमत पार्टीले नयाँ गठबन्धनमा सामेल हुनुलाई मधेश सरकारको नेतृत्वलाई सर्त बनाएको छ ।

११० सदस्यीय बागमती प्रदेशमा सरकार बनाउन ५६ सांसद चाहिन्छ । नयाँ गठबन्धनमा रहेका दल एमालेका २७ र माओवादीका २१ गरी ४८ सांसद छन् । यो प्रदेशमा सरकार बनाउन गठबन्धनलाई थप ८ जना सांसद आवश्यक पर्छ ।

यो प्रदेशमा एकीकृत समाजवादीसँग ७ जना सांसद छन् । एकीकृत समाजवादीले समर्थन गरेमा पनि थप एक जना सांसदको समर्थन आवश्यक छ ।

डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका आफ्नो पार्टीका एक जना सांसदको विवरण छुट्टै अभिलेख गरिदिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

बागमती प्रदेशमा कांग्रेसका ३७, राप्रपाका १३, हाम्रो नेपाली पार्टीका २ र नेमकिपाका ३ जना सांसद छन् । बागमतीमा माओवादी नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् ।

६० सदस्यीय गण्डकी प्रदेशमा सरकार बनाउन ३१ सांसद आवश्यक पर्छ । नयाँ गठबन्धनमा रहेका दल एमालेका २२ र माओवादीका ८ गरी २९ सांसद पुग्छन् ।

कांग्रेससँग २७ सांसद छन् । राप्रपाका दुई सांसद छन् भने स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ ९दीपक मनाङे० एकीकृत समाजवादीमा छन् ।

गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार छ ।

यो सरकारको विकल्पका लागि नयाँ गठबन्धनले सभामुखलाई राजीनामा गराएर, एकीकृत समाजवादीको साथ लिँदा ठीक्क बहुमत ३१ सांसदको समर्थन पुग्छ । यो प्रदेशमा कांग्रेससँग २७ र राप्रपासँग २ सांसद छन् ।

८७ सदस्यीय लुम्बिनीमा सरकार बनाउन ४४ सांसद आवश्यक पर्छ । नयाँ गठबन्धनका दलहरु एमालेका २९, माओवादीका ९ र जसपाका ३ सांसद छन् । यी तीन दलसँग जम्मा ४१ सांसद छन् ।

एकीकृत समाजवादीले समर्थन गरेको खण्डमा एक जना सांसद थपिनेछन् । यो प्रदेशमा राष्ट्रिय जनमोर्चाका पनि एक जना सांसद छन् । एक सांसद रहेको दलले समर्थन गर्दा पनि नयाँ गठबन्धनले सरकार बनाउन सक्दैन ।

यो प्रदेशमा नयाँ सरकार बनाउन नाउपा, लोसपा, जनमत वा स्वतन्त्र सांसदको समर्थन अनिवार्य चाहिन्छ । नाउपाका ४, लोसपाका ३, जनमत पार्टीका ३ सांसद र स्वतन्त्र सांसद तीन जना छन् । कांग्रेसका २७ र राप्रपाका ४ सांसद छन् । हाल लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार छ ।

४० सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन २१ सांसद चाहिन्छ । माओवादीसँग १४ र एमालेसँग ९ सांसद छन् । नयाँ गठबन्धनले यो प्रदेशमा सहजै सरकारलाई निरन्तरता दिन सक्छन् । कर्णालीमा माओवादी नेता राजकुमार शर्मा मुख्यमन्त्री छन् । नयाँ गठबन्धन अनुसार प्रदेश मन्त्रिपरिषद हेरफेर गरेर जान सक्छ ।

यो प्रदेशमा कांग्रेसका १४, एकीकृत समाजवादीका १, राप्रपाका १ र स्वातन्त्र सांसद एक जना रहेका छन् ।

सुदूरपश्चिम प्रदेशको अंकगणित फरक छ । ५३ सदस्यीय सभामा सरकार बनाउन २७ आवश्यक पर्छ । माओवादीका ११ र एमालेका १० सांसद छन् । एकीकृत समाजवादीका चार जना सांसद छन् ।

यो प्रदेशमा माओवादी, एमाले र एकीकृत समाजवादी मिल्दा समेत नयाँ सरकार बन्दैन । नयाँ सरकार बनाउन नाउपाको समर्थन अनिवार्य छ । नाउपाका ७ जना सांसद छन् ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा सरकार छ । कांग्रेससँग १९ सांसद छन् । राप्रपाका एक जना सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् ।

नाउपाले एमाले–माओवादीको नयाँ गठबन्धनलाई साथ दिए सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बन्नेछ । नाउपाले कांग्रेसलाई साथ दिए राप्रपा समेतको समर्थन लिएर कांग्रेस नेतृत्वको सरकार निरन्तर चल्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com