ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्दोलनरत चिकित्सकमाथि दक्षिण कोरियाले कानुनी कारबाही सुरु गर्ने


एबीसी न्यूज
फाल्गुन २२, २०८० मंगलबार  ३ : ३१ बजे

काठमाडौं २२ फागुन । दक्षिण कोरियाका स्वास्थ्यमन्त्रीका अनुसार सोमबारदेखि त्यहाँका अधिकारीहरूले सरकारले दिएको अल्टिमेटमलाई बेवास्ता गर्ने प्रशिक्षार्थी चिकित्सकविरुद्ध कानुनी कारबाही अगाडि बढाउनका लागि अस्पतालहरूको निरीक्षण सुरु गरेका छन् ।

दक्षिण कोरियाले आन्दोलनरत चिकित्सकमाथि कानुनी कारबाही सुरु गर्ने
फेब्रुअरी २० देखि देशभरका करिब ९ हजार आवासीय तथा इन्टर्न चिकित्सकहरू हडतालमा होमिएसँगै अस्पतालमा शल्यक्रियालगायतका उपचार सेवाहरू रद्द भएका छन् भने आपतकालीन विभागहरूमा दबाब बढेको छ। सरकारले आन्दोलनरत प्रशिक्षार्थी चिकित्सकलाई गत महिनाको अन्त्यसम्म काममा नफर्किए मेडिकल लाइसेन्स निलम्बन र जरिवाना वा जेल सजायलगायत प्रशासनिक तथा कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो ।

ुआजदेखि, हामी फिर्ता नआएका प्रशिक्षार्थी डाक्टरहरूको पहिचान गर्न निरीक्षण गर्ने योजना बनाइरहेका छौं, र कुनै अपवादबिना कानुनअनुसार कारबाही गर्ने योजना छ,ु स्वास्थ्यमन्त्री चो क्यो(होङले टेलिभिजन ब्रिफिङमा भने, ुध्यानमा राख्नुहोस्, काममा नफर्केका डाक्टरहरूले उनीहरूको व्यक्तिगत करिअरमा गम्भीर समस्याहरू सामना गर्नुपर्ने हुनसक्छ ।ु उपस्वास्थ्यमन्त्री पार्क मिन(सुले जागिर छोडेका करिब ७ हजार प्रशिक्षार्थी चिकित्सकहरूको मेडिकल लाइसेन्स निलम्बन गर्ने कदम चाल्ने तयारी सरकारले गरिरहेको बताए ।

अहिलेसम्म दुवै पक्षले पछि हट्ने संकेत भने देखाएका छैनन् । प्रशिक्षार्थी चिकित्सकहरूलाई काममा फर्कन गरिएको आधिकारिक आह्वानलाई अस्वीकार गर्दै हजारौं दक्षिण कोरियाली डाक्टरहरू कोरियन मेडिकल एसोसियसनले आइतबार आयोजना गरेको सामूहिक जुलुसमा सहभागी भएका थिए ।

निजी चिकित्सकहरूको प्रतिनिधित्व गर्ने केएमएले भने सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै वाकआउटका कारण भएको असुविधाका लागि माफी मागेको छ, र सरकारलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । विश्व मेडिकल एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरियाली मेडिकल एसोसिएसनका निर्वाचित पदाधिकारीहरूको आवाजलाई दबाउन खोज्ने कोरियाली सरकारको कार्यको कडा निन्दा गरेको छ । साथै उनीहरूले चिकित्सकको हडताललाई पनि समर्थन रहेको बताएको छ ।

सरकारका अनुसार त्यहाँको समाज द्रुत गतिमा बुढ्यौलीको संख्या धेरै हुने अवस्थातर्फ अगाडि बढिरहेको छ र सो अवस्थालाई सम्बोधन गर्नका लागि भविष्यमा धेरै संख्यामा चिकित्सकहरूको आवश्यकता पर्ने छ । जसका लागि नै सरकारले २०२५ शैक्षिक वर्षदेखि मेडिकल स्कूलमा भर्ना हुने विद्यार्थीको संख्या २,००० ले वृद्धि गर्ने योजना बनाएको हो । विश्वका विकसित अर्थतन्त्रहरूमध्ये दक्षिण कोरियामा प्रति एक हजारका लागि २।६ डाक्टरको अनुपात छ जुन सबैभन्दा कम हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

राजविराजको ‘चामत्कारिक माला’ घटना: मिडियाको दिग्भ्रमित सर्कस र तथ्यको पोस्टमार्टम

टस इटालीको पक्षमा, वानखेडेमा पहिले ब्याटिङ गर्दै नेपाल

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

थाइल्याण्डको चुनावले स्पष्ट सन्देश: सामाजिक सञ्जालको ट्रेन्ड नै मत परिणाम होइन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com