ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासले परिणाम भोग्नुपर्ने प्योङयाङको चेतावनी


एबीसी न्यूज
फाल्गुन २२, २०८० मंगलबार  १ : ५९ बजे

काठमाडौं २२ फागुन । उत्तर कोरियाले मङ्गलबार यसै साता वासिङ्टन र सोलले सुरु गरेको ठूलो मात्राको सैन्य अभ्यासले ‘महँगो मूल्य’ तिर्नुपर्ने बताएको छ । साथै उसले दुवै सहयोगीलाई ‘उत्तेजित युद्धाभ्यास’ बन्द गर्न आग्रह गरेको छ ।

यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ । साथै पुनर्मिलन तथा पहुँचका लागि समर्पित एजेन्सीहरूलाई अलग गरेको छ र ‘शून्य दशमलव ००१ मिलिमिटर’ सम्म पनि क्षेत्रीय उल्लङ्घन भए युद्धको धम्की दिएको छ ।

वासिङ्टन र सोलले प्योङयाङबाट लगातार बढ्दो आणविक धम्कीको जवाफ दिन आफ्नो तयारी बढाउनका लागि सन् २०२३ को तुलनामा दुई गुणा सैनिकको सहभागिताका साथ सोमबारदेखि उनीहरूको वार्षिक वसन्त सैन्य अभ्यास सुरु गरेको बताएका छन् ।

दुवैले ‘फ्रिडम सिल्ड’ मा ४८ फिल्ड अभ्यास समावेश गर्ने र क्षेप्यास्त्र अवरोध अभ्यास, बम विस्फोट, हवाई आक्रमण र प्रत्यक्ष हमला समावेश गर्ने बताएका छन् ।

उत्तर कोरियाको रक्षा मन्त्रालयका एक अज्ञात प्रवक्ताले सोल र वासिङ्टनलाई ‘लापरवाहीपूर्ण’ र ‘उत्तेजित युद्धाभ्यास’ बन्द गर्न आग्रह गर्नुभयो । “प्योङयाङको सेनाले अमेरिका र दक्षिण कोरियाको लापरवाहीपूर्ण सैन्य अभ्यासको कडा निन्दा गर्दछ र उत्तेजना र अस्थिरता निम्त्याउने कदमहरू रोक्न उनीहरूलाई कडा चेतावनी दिन्छ”, प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सीद्वारा जारी विज्ञप्तिमा प्रवक्ताले भन्नुभयो ।

“अमेरिका र दक्षिण कोरियाले आफ्नो भ्रामक छनोटका लागि महँगो मूल्य तिर्नुपर्नेछ, यसले प्रत्येक क्षणमा गम्भीर स्तरमा उनीहरूको सुरक्षा असुविधालाई निम्त्याएको महसुस गर्दैछ”, प्रवक्ताले भन्नुभयो ।

उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आएको छ । उसले उक्त सैन्य अभ्यासलाई आक्रमणका लागि पूर्वाभ्यास भनेको छ ।

यस्तै प्रकृतिको पछिल्लो संयुक्त सैन्य अभ्यासमा हतियार परीक्षण गरिएको थियो । सोलले आफ्नो सेना उत्तर कोरियाको उक्साहटका लागि पूर्णरूपमा तयार रहेको जनाएको छ ।

“उत्तर कोरियाले हाम्रो संयुक्त सैन्य अभ्यासको बहानामा उक्साउने कुरा गर्छ भने हामी तत्काल सुदृढ र अन्तिम कारवाहीको सिद्धान्तअनुसार ठुलो जवाफ दिनेछौँ”, दक्षिण कोरियाको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले सोललाई उत्तर कोरियाको ‘सबैभन्दा खतरनाक र पहिलो शत्रु राज्य तथा कट्टर शत्रु’ भन्दै गत महिना आक्रमण भएको अवस्थामा प्योङयाङ दक्षिण कोरियाको ‘अस्तित्व मेट्न’ नहिचकिचाउने बताउनुभएको थियो । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

राजविराजको ‘चामत्कारिक माला’ घटना: मिडियाको दिग्भ्रमित सर्कस र तथ्यको पोस्टमार्टम

टस इटालीको पक्षमा, वानखेडेमा पहिले ब्याटिङ गर्दै नेपाल

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

थाइल्याण्डको चुनावले स्पष्ट सन्देश: सामाजिक सञ्जालको ट्रेन्ड नै मत परिणाम होइन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com