ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमा रविकै अडान, विष्णु पौडेल सरकारमा नजाने


एबीसी न्यूज

काठमाडौं २२ फागुन । एमालेले अर्थमन्त्री नपाउने भएपछि उपाध्यक्ष विष्णु पौडेल सरकारमा नजाने भएका छन्। एमाले, माओवादीसहितको नयाँ गठबन्धन निर्माणमा भूमिका खेल्दै आएका भए पनि पौडेलले अर्थमन्त्री पाउने सम्भावना नरहेको स्रोतले जनाएको छ।

अर्थमन्त्री एमालेले नपाउने भएपछि पौडेलले अरु मन्त्रालय लिएर सरकारमा जान चाहेका छैनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालय आफूसँगै राख्न चाहेपछि विष्णु पौडेल सरकारमा नजाने भएका हुन्।

प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री आफ्नै पार्टीका उपमहासचिव वर्षमान पुन अनन्तलाई बनाउन खोजेका छन्। अर्थमन्त्री पुन नै बन्ने सम्भावना बलियो छ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले गृह मन्त्रालयमा दाबी गरिरहेका छन्। शीर्ष नेतासँगको छलफलमा उनले गृह आफ्नो ‘बटमलाइन’ भएको बताउँदै आएका छन्।

‘गृह रविले नै पाउने सम्भावना छ,’ स्रोतले भन्यो, ‘एमाले अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्रीलाई अनुकूल हुनेगरी मन्त्रालय टुंगो लगाउन दिने पक्षमा छन्। गृह हामीले पाउनु पर्छ भनेर रस्साकस्सी गर्ने पक्षमा ओली छैनन्।’

यसले अर्थ र गृह दुबै मन्त्रालय एमालेको भागमा नपर्ने सम्भावना छ।

‘अर्थबाहेक यसअघि कांग्रेसले लिएका मन्त्रालय एमालेले लिनेछ। यसअघि माओवादीले लिएका मन्त्रालय माओवादीले नै लिने गरी नेताहरुबीच सहमति भएको छ। भोलिसम्म यसको फाइनल होला,’ स्रोतले भन्यो।

एमालेबाट पदम गिरीले सोमबारै मन्त्रीको सपथ लिएका छन्। अब एमालेबाट राजेन्द्र राई, भगवती चौधरी, दामोदर भण्डारी, हरि उप्रेती, ज्वाला कुमारी साह लगायतका नेता मन्त्री हुने सम्भावना छ।

नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि ल्याउन नेताहरुले गृहकार्य गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com