काठमाडौ २२ फागुन । मोरङको पथरी शनिश्चरे–७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ । खोटाङकी १५ वर्षीया संजना भनिने ज्ञानकुमारी राईको हत्या भएको आशङ्का गरिएको छ किशोरीको हत्यामा संलग्न रहेको आशंकामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, मोरङ स्रोतका अनुसार बारा घर भएका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही विषयमा थप भेरिफाई गर्ने क्रम जारी रहेको भन्दै प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । स्थानीयबासीका अनुसार शनिश्चरे–१ मा रहेको पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत किशोरी मामाघरमा बस्दै आएकी थिइन् ।
गएराति शौचालय जाने क्रममा उनको हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् ।राति सुतिसकेको समयमा आवाज आएपछि हेर्न जाँदा ज्ञानकुमारीलाई नचिनेका व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताए । घटनाबारे इलाका प्रहरी कार्यालय पथरीले अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस्