काठमाडौं,२२ फागुन । मोरङमा होटलमा काम गर्ने १५ वर्षीया बालिकाको सोमबार राति करिव १० बजे टाउको काटेर हत्या गरिएको छ।
पथरी शनिस्चरे नगरपालिका–७, स्थित लामा टोलको सुम्नीमा होटलमा कार्यरत ज्ञानकुमारी राईको हत्या भएको हो। अज्ञात समुहले धारीलो हतीयार प्रयोग गरी निर्मम हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
बालिकाको टाउको छिनेको अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ। १ वर्षदेखि पथरीशनिस्चरे स्थित मामा घरमा बस्दै आएकी उनी वडा नं। १ मा रहेको पञ्चायत माविको कक्षा ७ मा अध्यनरत थिईन।
उनको हत्या किन र कसले गर्यो भन्ने खुलेको छैन। हत्यामा संलग्न भएकाहरुको को खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्