काठमाडौं २१ फागुन । नयाँ गठबन्धनको प्रमुख दल नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री भएर जान प्रस्ताव गरेको छ।
नेपाली कांग्रेससहितको सात दलीय गठबन्धन तोडेर प्रचण्डलाई फेरि आफ्नो पोल्टामा ल्याउन सफल भएको एमालेले प्रचण्डलाई पूरै अवधि सरकारको नेतृत्व हाँक्न भनेको हो।
नेकपा माओवादी केन्द्रका सचिव दीननाथ शर्माले अहिले मन्त्रालय भागबन्डा गर्न बनेको चार सदस्यीय कार्यदलले काम गरिरहेको बताएका छन्।
अहिले कार्यदल मन्त्रालय भागबन्डाको काममा लागेको छु, उनले भने, सबै भागबन्डा मिलाएर प्याकेजमै सहमति गरौँ भन्ने भएको छ।
सचिव शर्माका अनुसार गठबन्धनमा संवादका क्रममा एमालेले पूरै पाँच वर्ष नेतृत्व गरेर जान प्रचण्डलाई भनेको हो।
एमालेले पाँच वर्ष नै सरकारको नेतृत्व गर्न प्रचण्डलाई भनेपनि माओवादी केन्द्रले भने बाँकी चार वर्षमध्ये माओवादी र एमालेले २र२ वर्ष सरकारको नेतृत्व हाँकेर जाने कुरा गरेको शर्माले बताए।
अहिलेलाई प्रचण्डले २ वर्ष र बाँकी २ वर्ष एमालेले सरकारको नेतृत्व लिने गरी कुरा भएको छु, शर्माले नेपालखबरलाई भने, एमालेबाट पाँचै वर्ष नेतृत्व गर्नेगरी प्रस्ताव आएको छ। तर सबै कुरामा सहमतिका लागि काम हुँदैछ। हाम्रो कुरा भनेको २र२ वर्ष बाँडेर जाँदा उचित हुन्छ भन्ने हो।








प्रतिक्रिया दिनुहोस्