ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डले कोल्टे फेर्नु भयो, हाम्रो कुनै गुनासो छैन धनराज गुरुङ


एबीसी न्यूज

काठमाडौं २१ फागुन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा राजनीतिक स्थिरताका लागि कांग्रेसले नेकपा मा‌‌ओवादी केन्द्रसँग गठबन्धन गर्नुलाई राजनीतिक बाध्यता भनेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा करिब ११ महिना लामो सहकार्य सोमबार टुंगिएसँगै उनले यस्तो बताएका हुन्।

प्रचण्ड नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका गुरुङले प्रचण्डले नेकपा एमालेसँग मिल्ने निर्णयप्रति आफ्नो कुनै गुनासो नरहेको पनि बताए।

 

प्रचण्डले एमालेसँग सहकार्य गर्ने निर्णयपछि कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सोमबार बिहान बूढानीलकण्ठमा बसेर केही बेर समीक्षा गरेको उनले जानकारी दिए।

‘बूढानीलकण्ठमा एकछिन बैठक गरेर मन्त्री क्वार्टरतिर आइसक्यौँ’, उनले भने, ‘त्यहाँ खासै गम्भीर कुरा भएन। ब्रिफिङ पनि खासै भएन’, उनले भने, ‘प्रधानमन्त्रीले कोल्टो फेर्नु भयो। कोल्टे फेरेको कारण के हुन सक्छ ररु नेपालको राजनीति हामीले बुझेकै छौँ।’

उपसभापति गुरुङले प्रचण्डले कोल्टे फेर्दा कांग्रेस सरकारबाट बाहिरिएको बताए। ‘मेरो यसमा कुनै पनि गुनासो छैन। गुनासो गर्ने पक्षमा पनि छैन’, उनले नेपालखबरलाई भने, ‘एमालेसँग मिल्ने त्यो कुरा उहाँकै हो नि। हाम्रो बैठकमा आ(आफ्नै ढंगको छलफल भयो। अब यसबारेमा केन्द्रीय कार्यसम्पादन समिति बैठक मंगलबार बसेर विस्तृत समीक्षा हुन्छ।’

उपसभापति गुरुङले प्रचण्डले कोल्टे फेरेको अवस्थामा अब कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहने बताए। ‘संसद्मा अब कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्छ। हामी देशभर संगठन विस्तार अभियानमा होमिन्छौँ’,

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com