ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर एक अर्ब मानिसमा मोटोपनको समस्या


एबीसी न्यूज

काठमाडौं २१ फागुन । अहिले विश्वभर नै मोटोपनबाट पीडित हुनेको संख्या बढिरहेको छ । यसमा व्यस्त जीवनशैली र बदलिंदो खानपान मुख्य कारण हुन् । मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित एक अनुसन्धानअनुसार विश्वभर मोटोपनबाट पीडितको संख्या एक अर्बभन्दा बढी छ । जसमध्ये वयस्कको संख्या ८८ करोड र बालबालिकाको संख्या १५ करोड ९० लाख छ ।

महिलामा मोटोपनको दर उच्च भएको देशमा दुई ओसनिया मुलुक टोङ्गा र सामोआ छन् भने पुरुषमा तीव्र रुपमा मोटोपन बढिरहेका देशमा सामोआ र नाउर छन् । यी मुलुकमा ७० देखि ८० प्रतिशत पुरुष मोटोपनको सिकार भएका छन् ।

पुरुषमा मोटोपन तीव्र रुपमा बढिरहेको देशमा बेलायत ५५ औं स्थानमा छ भने महिलातर्फ यो ८७ औं स्थान छ । अमेरिका पुरूषमा मोटोपन छिटो वृद्धि हुने सूचीको १० औं छ भने महिलामा ३६ औं स्थानमा छ । भारतमा महिलातर्फ १९ र पुरुषतर्फ २१ औं स्थानमा छ । चीनमा महिलामा मोटोपनको दर ११ र पुरुषको दर ५२ औं स्थानमा छ ।

वैज्ञानिकहरुको टोलीले मोटोपनसँग लड्न नयाँ कदम चाल्नुपर्ने सुझाव दिएको छ । मोटोपनले मुटुरोग, टाइप २ मधुमेह र क्यान्सर जस्ता रोग निम्त्याउन सक्छ ।

बालबालिका र किशोरकिशोरीमा मोटोपन तीव्र

इम्पेरियल कलेज लण्डनका वरिष्ठ अनुसन्धानकर्ता माजिद इज्जतीका अनुसार धेरै देशमा मोटोपन बढ्नुको मुख्य कारण अस्वस्थकर खानपान हो । ‘केही अवस्थामा यो मार्केटिङ कम्पनीहरूको आक्रामक रणनीति हो, जसले अस्वस्थ खानालाई बढावा दिइरहेको,’ उनी भन्छन् ।

यसबाहेक कहिलेकाहीं स्वस्थ खानाको मूल्य महँगो हुँदा वा नपाउँदा पनि मानिस मोटोपन बढाउने खानेकुरालाई प्राथमिकता दिन बाध्य हुने उनी बताउँछन् ।

प्राध्यापक इजिप्टी लामो समयदेखि मोटोपनसम्बन्धी तथ्यांकको विश्लेषण गर्दै आइरहेका छन् । मोटोपनको बढ्दो गति र त्यसको बदलिंदो तस्वीर देखेर उनी अचम्भित छन् । अहिले धेरै देशले मानिसमा मोटोपन बढ्ने समस्याको सामना गरिरहेका छन् ।

अध्ययन प्रतिवेदनअनुसार सन् १९९० देखि २०२२ सम्म बालबालिका र किशोरकिशोरीमा मोटोपनको दर चार गुणाले बढेको छ । यो दर वयस्क महिलामा दोब्बर बढीले वृद्धि भएको छ भने वयस्क पुरुषमा तीन गुणा छ ।

यसैबीच, कम तौल भएका वयस्कको अनुपात ५० प्रतिशतले घटेको छ । तर गरिब मुलुकहरुमा अझै पनि यो समस्या रहेको अनुसन्धानकर्ताहरू बताउँछन् ।

कोभिड पनि मोटोपनको कारण

प्राध्यापक इजिप्टी भन्छन्, ‘जलवायु परिवर्तनको प्रभाव, कोभिड(१९ र युक्रेन युद्धजस्ता कारणले पनि बढी तौल र कम तौल दुवैको समस्या बढाएको छ । किनभने यी अवस्थाले गरिबी बढेको छ र मानिसहरू पौष्टिक खानाबाट टाढिएका छन् ।’

डब्लुएचओसँगको सहकार्यमा १५ सयभन्दा बढी अनुसन्धानकर्ताहरूको सञ्जालले पाँच वर्ष वा सोभन्दा माथिका २२ करोड मानिसको उचाइ र तौल नापेको थियो । यसका लागि बडी मास इन्डेक्स अर्थात् बीएमआईको सहयोग लिइएको थियो ।

बीबीसीबाट

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com