ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनौठो संयोग दोहोरियो सत्ता समीकरण फेरबदलमा


एबीसी न्यूज

काठमाडौं २१ फागुन । २०७९ को आम निर्वाचनपछि तेस्रो पटक सत्ता गठबन्धन फेरबदल हुँदैछ । गत वर्ष पुस १० मा एमाले, राप्रपा, रास्वपासहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६४ दिनमात्र उक्त गठबन्धनको साथ रहे ।

त्यसपछि कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनमा फर्किएका उनी एक वर्ष बित्नासाथ फेरि एमालेतिर ढल्किएका छन् ।

सत्ता समीकरणमा फेरबदलका क्रममा एउटा अनौठो संयोग दोहोरिएको छ । दुवै पटक सत्ता समीकरण फेरबदल हुँदा परराष्ट्रमन्त्रीको आसन्न विदेश भ्रमण रद्द गरिएको छ ।

२०७९ फागुन १४ गते आइतबार तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौड्याल जेनेभा जाने तयारीमा रहँदा उनको भ्रमण अचानक रद्द गरिएको थियो । त्यतिबेला प्रधानमन्त्रीको निर्देशन भन्दै तत्कालीन मुख्यसचिव शंकरदास वैरागीले पौड्याललाई विमानस्थलबाट फिर्ता बोलाएका थिए ।

अहिले सत्ता गठबन्धन फेरबदलको रस्साकसीका बिच परराष्ट्रमन्त्री एनपी साउदको आसन्न फिनल्याण्ड भ्रमण रद्द भएको छ । विशेष परिस्थितिका कारण मन्त्री साउद पूर्वनिर्धारित कार्यक्रम अनुसार फिनल्याण्ड भ्रमणमा जान नसकेको मन्त्रालयले जनाएको छ ।

उल्लेखनीय छ, गत वर्ष फागुनमै सत्ता समीकरण फेरबदल भएको थियो । अहिले फागुनमै फेरि सत्ता समीकरणमा फेरबदलको तयारी भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com